शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

जुवातास खेलिरहेको अवस्थामा राजधानीबाट १० जना पक्राउ

बुधबार, ११ पुस २०८०, ११ : ४७
बुधबार, ११ पुस २०८०

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा राजधानीबाट १० जना पक्राउ परेका छन् । 

काठमाडौं महाराजगंज बस्ने ३३ वर्षीय निर्मल पण्डितको भोवन हिमालयन हाईट होटलमा जुवातास खेलिरहेको अवस्थामा पण्डित समेत १० जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार ३ सय नेपाली रूपैयाँ, ८ हजार भारतीय रूपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप