राष्ट्रपति पौडलले गरे बागलुङ कालिकामा पूजाआराधना
बाग्लुङ । राष्ट्रपति रामचन्द्र पौडेलले बाग्लुङ कालिकाको दर्शन एवम् पूजाअर्चना गरेका छन् । गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औधोगिक, व्यापारमेला एवम् सातौ बाग्लुङ महोत्सव २०८० को कार्यक्रममा सहभागी हुन बुधबार बिहान यहाँ आएका राष्ट्रपति पौडेलले कालिका भगवती मन्दिर पुगेर बाग्लुङ कालिकाको दर्शन एवम् पूजाअर्चना गरेका हुन्।
राष्ट्रपतिमा निर्वाचित भएपछि उनी पहिलोपटक यहाँ आएका हुन् । यो मन्दिर नेपालको प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रुपमा परिचित छ । उनी मन्दिर पुग्नुहुँदा कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका पदाधिकारी, पुजारी, भक्तजन, स्थानीय जनप्रतिनिधि, प्रशासक तथा सर्वसाधारणले स्वागत गरेका थिए । राष्ट्रपति पौडेलले आजै यहाँस्थित शालिग्राम सङ्ग्राहलयको अवलोकन गरे ।

केहीबेरपछि राष्ट्रपति पौडेलले गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औधोगिक, व्यापारमेला एवम् सातौ बाग्लुङ महोत्सव २०८० को एक समारोहका बीच समुद्घाट्न गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएका छन् । राष्ट्रपति पौडेल आजै राजधानी फर्कनेछन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण