भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण देखिन थाल्यो
बैतडी । सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा फेरि कोरोना सङ्क्रमण देखिन थालेको छ । पढाई तथा रोजगारीको खोजीमा भारतका विभिन्न ठाउँ पुगेर स्वदेश फर्किनेहरूमा फेरि कोरोना भाइरस देखिन थालेको हो ।
पछिल्लो डेढ सातायता नियमित रूपमा एकदेखि तीन जनासम्ममा दैनिक रूपमा कोरोना भाइरस पुष्टि हुन थालेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
भारतका विभिन्न ठाउँहरूबाट सुदूरपश्चिम प्रवेश गर्नेहरूमध्ये केहीमा कोभिड सङ्क्रमण देखा पर्न थालेको उनले बताए । कोभिड–१९ सङ्क्रमण सुरु भएयता सुदूरपश्चिममा ६ लाख ७१ हजार पाँच सय १० जनाको परीक्षण गरिएकोमा ६२ हजार चार सय ८४ व्यक्तिमा सङ्क्रमण देखा परेको थियो । अहिलेसम्म सुदूरपश्चिममा कोभिडबाट ६ सय ३७ जनाको मृत्यु भइसकेको छ । बुधबार पनि गौरीफन्टा नाकामा भारतबाट सुदूरपश्चिम आएका एक जनामा कोरोना देखिएको छ ।
यस्तै, आइतबार मात्र गौरीफन्टा नाकाबाट भित्रिएका ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस अगाडि गत हाप्ता बुधवार र बिहीबार पनि ४ जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।
भारतमा कोरोनाको नयाँ भेरियन्ट देखा परेपछि भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा उच्च सतर्कता अपनाइएको छ । सीमा नाकामा रहेको हेल्थ डेस्कबाट नियमित रूपमा कोरोना परीक्षण भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
सीमानाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट भित्रिने सबैमा एन्टीजेन विधिमार्फत कोरोना परीक्षण भइरहेको भट्टले जानकारी दिए । भारतमा अझै पनि सङ्क्रमित भेटिरहेका र त्यसबाट नेपालमा पनि जोखिम बढ्नसक्ने भएकाले सीमामै परीक्षण जारी राखिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सिक्काबाट चुच्चे नक्सा हटाउने सरकारको अर्को राष्ट्रघाती निर्णय : भीम रावल
-
विश्वकपपछि जलपान विश्रामको नियम हट्न सक्ने
-
जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो
-
साउन मसान्तभित्र सम्पर्कमा आएका फार्म र सहकारीबाट मात्रै डीडीसीले दूध किन्ने
-
विश्वकप फाइनलको संघारमा कोलकातामा मेसी फोबिया
-
दक्षिणपन्थीसँग साँठगाँठ गरेर पार्टी प्रतिष्ठामा आँच नपुर्याउन झलनाथको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण