देशको राष्ट्रिय अखण्डता अक्षुण्ण राखौँ : प्रधानसेनापति
काठमाडौँ । राष्ट्रिय सेवा दलबाट प्रशिक्षित पूर्वविद्यार्थीको संस्था ‘एनसिसी एल्मुनाइ एशोसिएसन नेपाल’को छैटौँ वार्षिकोत्सवका अवसरमा आज ‘युवासँग प्रधानसेनापति’ कार्यक्रम आयोजना गरियो ।
त्यस अवसरमा प्रधानसेनापति तथा राष्ट्रिय सेवा दल, नेपालका सहसंरक्षक प्रभुराम शर्माले राष्ट्रिय सेवा दलले युवा वर्गलाई अनुशासित, नैतिकवान, इमान्दार र बफादार बनाउन, नेतृत्व क्षमता विकास, राष्ट्रियता एवं राष्ट्रिय एकताको भावना जागृत गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।
प्रधानसेनापतिले हाल देशका ७७ वटै जिल्लामा राष्ट्रिय सेवा दल विस्तार भई प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको र हालसम्म ६८ हजार नौ सय ७२ जनाले तालिम लिइसकेका जानकारी दिए ।
समाजमा व्याप्त विकृति, बेथिति र पछौटेपनलाई निर्मूल गरी सुसंस्कृत, सभ्य समाज निर्माणमा संस्थाको महत्वपूर्ण भूमिका रहने बताउँदै प्रधानसेनापति शर्माले नेपाल सरकारका विभिन्न निकाय, स्थानीय तह, कानुन कार्यान्वयन गर्ने निकाय, सामाजिक सङ्घसंस्थासँगको सहकार्य एवं समन्वयमा संस्थाले थुप्रै सृजनशील काम गरिरहेको उल्लेख गरे ।
नेपालको संविधानले नेपाली सेनालाई दिएको नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्ने जिम्मेवारी राष्ट्रिय सेवा दलका छात्रछात्राहरुको पनि रहेको बताए ।
एशोसिएसनका प्रमुख सल्लाहकार निगम हुमागाईंले संस्थाको वार्षिक प्रतिवेदन पेस गर्दै नेपाली जनताको आस्था एवं भरोसाको केन्द्र नेपाली सेनाको छत्रछायामा प्रशिक्षित भई सेनाकै विभिन्न युनिटसँग हातेमालो गर्दै राष्ट्रसेवाको पथमा सक्रिय हुन पाएकामा गौरवान्वित भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण