जनतालाई धुलो खुवाउने छुट कसैलाई छैन : रवि लामिछाने
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू एसी गाडीमा बसेर जनतालाई धुलो खुवाउने छुट कसैलाई नभएको बताएका छन् । बुधवार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको दबाब यात्राको समापन गर्दै सभापति लामिछानेले सो कुरा बताएका हुन् ।
उनले यात्राका क्रममा स्थानीयवासीले धेरै माया ममता दर्साएको र देश बनाउन शुभकामना दिएको बताए । सभापति लामिछानेले आफूहरूको लक्ष्य नेपाली जनताको दुःख हटाउनु रहेको बताए । लामिछानेले अब लामो समयसम्म अवरुद्ध रहेका निर्माण आयोजनाहरू समयमै सम्पन्न गराउने अभियानको थालनी भएको समेत बताए ।
उनले आफ्ना सांसदहरु अहिले पनि विभिन्न काममा खटिएको बताउँदै पार्टीले २०८४ को निर्वाचनका लागि तयारी गरेको समेत बताए । सभापति लामिछानेको नेतृत्वमा सोमबारदेखि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेको भृकुटी चोकबाट दबाबमूलक पदयात्रा थालिएको थियो ।
नारायणगढ–बुटवल सडक खण्ड विस्तारमा भएको ढिलाइप्रति ध्यानाकर्षण गराउन सुरु भएको सो दबाब यात्रा बुधवारदेखि सकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा दुई लाख बढी बाख्रालाई पीपीआर खोप
-
गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या
-
मधेस प्रदेशमा ९ वटा मन्त्रालय बनाउन सिफारिस
-
दुई सुरक्षा सङ्गठनका महानिरीक्षक आइतबार अमेरिका जाँदै
-
अवैध उत्खननमा संलग्न समूहबाट सरकारी कर्मचारीमाथि आक्रमण, भाग्दाभाग्दै समातिए
-
१० बजे १० समाचार : विष्णु पौडेललाई मिलेन राहत, सरकारले गर्यो सरुवा र नियुक्तिसहितका निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण