इङ्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डविरुद्ध वुल्भ्सको सानदार जित
काठमाडौँ । इङ्लिस प्रिमियर लिगफुटबलमा वुल्भ्सले सानदार जित निकालेको छ । बुधबार राति भएको खेलमा ब्रेन्टफोर्डमाथि वुल्भ्सले ४–१ गोल अन्तरको जित निकालेको हो । वुल्भ्सको जितमा हि चानवाङले २ गोल गर्दा मारिओ लेमिना र जेरिन्सर बेलगार्डले एक एक गोल गरेका थिए ।
ब्रेन्टफोर्डका लागि योने वेइसाले एक गोल फर्काए । १३औँ मिनेटमा पाब्लो सर्वियाको पासमा लेमिनाले गोल गर्दै वुल्भ्सलाई अग्रता दिलाएका थिए । १४औँ मिनेटमावाङले गोल गरेपछि सुरुमै २–० को अग्रता बनायो । तर, १६ औँ मिनेटमा ब्रेन्टफोर्डका लागि निलमुपेको पासमा वेइसाले गोल गर्दै अन्तर २–१ मा झारेका थिए । २८ औंमिनेटमा वाङले व्यक्तिगत दोस्रो गोल गर्दा उल्भ्स ३–१ को सहज अवस्थामा पुगेको थियो ।
उनले टोटीएन्टोनिओ गोमेजको पासमा गोल गरेका थिए । पहिलो हाफमा ३–१ को अग्रता लिएको वुल्भ्सले दोस्रो हाफमा १ गोल थपेको थियो ।
७९ औँ मिनेटमा बेलगार्डले म्याथ्युजचुन्चाको पासमागोल गरेपछि ४–१ को जित निकाल्दै स्पष्ट ३ अङ्क थप्न सफल भयो । वुल्भ्सले १९ खेलबाट २५ अङ्कका साथ तालिकाको ११ औँ स्थानमा रहको छ । १८ खेल खेलेको ब्रेन्टफोर्ड भने १९ अङ्कका साथ तालिकाको १४ औँ स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण