कांग्रेसबाट राष्ट्रियसभा उम्मेदवारमा कलाकारद्वय थापा र शाहको नाम सिफारिस
काठमाडौं । नेपाली कांग्रेसमा राष्ट्रियसभा सदस्यको उम्मेदवारका लागि दुई जना कलाकारको नाम सिफारिस भएको छ । आगामी माघ ११ मा राष्ट्रिय सभा सदस्यका लागि हुने निर्वाचनको उम्मेदवार सिफारिमा दुई जना कलाकारको नाम परेको हो ।
बागमती प्रदेशबाट कालाकार नीर शाहको नाम सिफारिस भएको छ भने गण्डकी प्रदेशबाट कांग्रेस निकट नेपाल सांस्कृति संघका अध्यक्ष तीर्थ थापाको नाम सिफारिस भएको छ । सभापति शेरबहादुर देउवा निकट थापा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत हुन् ।
आगामी फागुन २० गते एमालेका ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ ।
२०७२ मा संविधान जारी भएपछि निर्वाचित भएका राष्ट्रिय सभा सांसदहरूको पदावधि गोला प्रथाबाट तय गरिएको थियो । गोलाप्रथामा त्यतिबेला ६ वर्ष अवधि पाएका सदस्यहरूको समय आगामी फागुन २० मा सकिन लागेको हो ।
राष्ट्रिय सभा सदस्यहरूको पद रिक्त हुनु एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार सरकारले माघ ११ गतेका लागि निर्वाचनको मिति घोषणा गरेको छ ।
पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण