शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेसबाट राष्ट्रियसभा उम्मेदवारमा कलाकारद्वय थापा र शाहको नाम सिफारिस

बिहीबार, १२ पुस २०८०, ०९ : ०७
बिहीबार, १२ पुस २०८०

काठमाडौं । नेपाली कांग्रेसमा राष्ट्रियसभा सदस्यको उम्मेदवारका लागि दुई जना कलाकारको नाम सिफारिस भएको छ । आगामी माघ ११ मा राष्ट्रिय सभा सदस्यका लागि हुने निर्वाचनको उम्मेदवार सिफारिमा दुई जना कलाकारको नाम परेको हो ।

बागमती प्रदेशबाट कालाकार नीर शाहको नाम सिफारिस भएको छ भने गण्डकी प्रदेशबाट कांग्रेस निकट नेपाल सांस्कृति संघका अध्यक्ष तीर्थ थापाको नाम सिफारिस भएको छ । सभापति शेरबहादुर देउवा निकट थापा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत हुन् ।

आगामी फागुन २० गते एमालेका ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ । 

२०७२ मा संविधान जारी भएपछि निर्वाचित भएका राष्ट्रिय सभा सांसदहरूको पदावधि गोला प्रथाबाट तय गरिएको थियो । गोलाप्रथामा त्यतिबेला ६ वर्ष अवधि पाएका सदस्यहरूको समय आगामी फागुन २० मा सकिन लागेको हो ।

राष्ट्रिय सभा सदस्यहरूको पद रिक्त हुनु एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार सरकारले माघ ११ गतेका लागि निर्वाचनको मिति घोषणा गरेको छ ।

पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप