ओपनएआई र माइक्रोसफ्टविरुद्ध न्यूयोर्क टाइम्सले हाल्यो मुद्दा
वाशिङ्टन डिसी । न्यूयोर्क टाइम्सले ओपन एआई र माइक्रोसफ्टविरुद्ध मुद्दा हालेको छ । प्रतिलिपि अधिकार उल्लङ्घन मामिलामा पत्रिकाले बुधवार यी दुई कम्पनीमाथि मुद्दा हालेको हो । यी कम्पनीका कृत्रिम बौद्धिकता प्रविधिले च्याटजीपीटी र अन्य सेवाहरूलाई तालिम दिन टाइम्समा छापिएका लाखौँ लेखहरू गैरकानूनी रूपमा चोरेको आरोप लगाइएको छ ।
पछिल्लो समय विश्वभर कृत्रिम बौद्धिकताका मोडलहरूलाई परिष्कृत बनाउन इन्टरनेटमा पाइने असङ्ख्य सामाग्रीहरूको प्रयोग भइरहेका छन् । यस्तो प्रयोगलाई सीमित बनाउन एक पछि अर्को गर्दै मुद्दाहरू दायर भइरहेका छन् । आफूले दुःख गरेर तयार पारेको कृतिहरूलाई एआईले दुरुपयोग गर्ने वा च्याटबोट र सूचनाका अन्य स्रोतहरूले उपर्युक्त रोयल्टी वा क्षतिपूर्ति बिनै प्रयोग गर्ने हो कि भन्ने भय अभिनेता, लेखक, पत्रकार र अन्य सृजनशील काममा संलग्न व्यक्तिहरूले चिन्ता गर्न लागेका छन् ।
ओपनएआई र माइक्रोसफ्टमाथि यस मामिलामा मुद्दै हाल्ने चाहिँ टाइम्स प्रमुख सञ्चारमाध्यमहरू मध्ये पहिलो हो । ओपनएआईमा माइक्रोसफ्टको अर्बौँ डलर लगानी छ । कम्पनीको सञ्चालक समितिमा माइक्रोसफ्टका प्रतिनिधि पनि छन् । ओपनएआईले भाषा मोडललाई तालिम दिन पत्रिकामा छापिएका कन्टेन्टहरूको प्रयोग गरेकोमा टाइम्सले विरोध जनाएको छ । अप्रिलदेखि नै पत्रिकाले ओपनएआई र माइक्रोसफ्टसँग उचित क्षतिपूर्ति माग्दै सम्झौताका सर्तहरू तय गर्न वार्ता सुरु गरेको थियो । तर वार्ता निष्कर्षमा पुग्न नसकेपछि पत्रिकाले मुद्दा हालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण