डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाएरै छाड्ने कुलमानको घोषणा, भने–ममाथि ठूलो दबाब छ
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाएरै छाड्ने बताएका छन् । बिहीबारको पत्रकारसम्मेलनमा बोल्दै उनले आफूमाथि ठूलो दबाब पनि रहेको बताएका हुन् ।
घिसिङले डेडिकेटेड र ट्रंक लाइनको विवाद मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै चासो देखाएको बताएका छन् ।
डेडिकेटेड र ट्रंक लाइन बापत प्राधिकरणले उठाउन पर्ने महसुल लामो समयसम्म अनिर्णयको बन्दी बनेकाले किनारा लगाउने गरेर प्रधानमन्त्रीको चासो रहेको उनले बताएका हुन ।
घिसिङले भने,‘लामो समय अनिर्णयको बन्दीकारुपमा रहेको डेडिकेटेड र ट्रन्कलाईनको रकम उठाएरै छाड्ने नीतिमा प्राधिकरण पुगेको छ ।’ डेडिकेटेड र ट्रंक लाइनको रकम प्राधिकरणको मात्र विषय नभएको घिसिङले बताए ।
यो प्राधिकरणसहित मन्त्रिपरिषद्, लेखा समिति, सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महालेखको समेत चासो रहेको घिसिङको भनाई छ । यी निकायले पटकपटक रकम कहिले उठाउने भनेर प्राधिकरणलाई प्रश्न गरिरहेको घिसिङको भनाई छ ।
यसैबिच उद्योगीलाई किस्तामा रकम तिर्न भनेपनी पेलेर जाने नीतिमा उद्योगी देखिएको उनको तर्कछ । सोहिकारण यसपटक रकम उठाएरै छाड्ने निष्कर्षमा प्राधिकरण पुगेको उनले बताए । साथै उद्योगीले प्राधिकरणको विरुद्धमा हालेको ४८ वटा मुद्दा खारेज भएको घिसिङले बताए ।
अहिले ६ वटा मुद्दा मात्र अदालतमा बिचारधिन छ । यसबाहेक लेखा समितिले समेत प्राधिकरणलाई रकम उठाउन कडारुपमा निर्देशन दिएको घिसिङले बताए ।
घिसिङले प्राधिकरणको बोर्डले बक्यौता उठाउन बिलिङ नगर्ने कर्मचारीलाइनै कारबाहीको दबाब दिइरहेको बताए । ‘अब मैले चाहेर पनि बक्यौता उठाउने क्रम रोकिँदैन,’ उनले थपे, ‘तर मैले पनि किन रोक्नु पर्यो र ?’
यस्तै विद्युत् प्राधिकरणले रकम उठाएरै छाड्ने उनको घोषणा छ । ‘सधैँ विद्युत् प्राधिकरणका कर्मचारीको टाउकोमा अर्बौको बक्यौताको भार बोकेर बस्न सक्दैन,’ उनले भने,‘बोर्डको दबाब धान्नै नसक्ने खालको छ । कर्मचारीले रकम उठाउन छेकेर छेकिन्न ।’ यस्तै उद्योगीलाई पेल्ने नीति नलिएको भएपनी रकम असुल्नबाट पछाडि नहट्ने समेत दोहोर्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण