सहकारीको रकम अपचलन गर्ने जोसुकैलाई कारबाही हुनुपर्छ : मीन विश्वकर्मा
काठमाडौँ । नेपाली कांग्रेसले सहकारीमार्फत जनताको रकम अपचलन गर्ने जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने जनाएको छ ।
केन्द्रीय समिति बैठकपछि कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले विद्यमान कानुन र सरकारले लिएको नीतिका आधारमा त्यस्ता व्यक्तिहरुलाई कठघरामा उभ्याउनुपर्ने र सर्वसाधारणको पैसा उनीहरुले पाउनुपर्ने बताए ।
‘देशको नीति र कानुनले पनि समेटेन भने जनताको आफ्नो बचतलाई जसरी पनि फिर्ता आउँछ भन्ने सुनिश्चितता दिने काम सरकारको हो’, नेता विश्वकर्माले भने, ‘किनभने सरकारले स्वीकृति दिएर खोलेका सहकारीहरुले यसरी जनतालाई ठग्न पाइँदैन ।’
उनले राजनीतिक नेता वा सानो ठुलो जो भएपनि कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने कांग्रेसको धारणा रहेको बताए । ‘सहकारीमा भएको आर्थिक अनियमितता, अपचलन र ठगीजस्ता विषय अहिलेमात्र होइन लगभग कोभिड १९ पछि नै उठेको थियो’, उनले भने, ‘कतिपय सहकारी बाध्यात्मक कारणले अप्ठेरोमा परेका थिए भने कतिपयको नियतबस नै जनताका पैसा र व्यापारी व्यवसायीका पैसा संकलन गरेर आफ्नो कुत्सित फाइदालिने लागेको पनि पाइयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण