किस्तामा बक्यौता भुक्तानी गर्न उद्योगीलाई कुलमानको आग्रह
काठमाडौँ । कुलमान घिसिङले बक्यौता बाँकी रहेका उद्योगीलाई किस्ता किस्तामा भुक्तानी गर्न आग्रह गरेका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले उद्योगीलाई किस्ता किस्तामा बक्यौता बापतको रकम भुक्तान गर्न आग्रह गरेका हुन् ।
उनले अर्बौँ रकम एकै पटक भुक्तान गर्न समस्या हुने बारे प्राधिकरण समेत जानकार रहेको बताए । प्राधिकरणको हिसाबमा उद्योगीले २२ अर्ब २४ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने छ । र यो रकम ६१ वटा उद्योगबाट हुनुपर्ने छ ।
यीमध्ये जगदम्बा स्टिलले मात्रै ४ अर्ब १५ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने प्राधिकरणको हिसाबकिताब छ । यस्तै, हालसम्म लाइन काटिएका उद्योगहरूको मात्रै १२ अर्ब रुपैयाँभन्दा धेरै रकम भुक्तानी गर्नुपर्ने प्राधिकरणको हिसाब छ ।
त्यसैले उद्योगीलाई प्राधिकरणले किस्ता किस्तामा भुक्तान गर्ने गरी व्यवस्था मिलाउने उनको भनाइ छ । ‘हामी उद्योगीलाई समस्यामा पार्दैनौँ,’ उनले भने, ‘हामी उद्योगलाई संरक्षण र सवर्द्धन गर्न तयार छौँ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण