एन पिस अवार्ड विजेता वसन्तीको ‘दहिटान घर’
धनगढी । लामो समय विभिन्न गैरसरकारी संस्थामा आबद्ध भई काम गरेका कैलालीका अधिकारकर्मी वसन्ती र वीरेन्द्र चौधरी दम्पती व्यवसायमा जुटेका छन् ।
कमैया कमलरी मुक्त अभियानकर्ता रही अन्तर्राष्ट्रिय स्तरको एन पिस अवार्ड २०१६ बाट समेत सम्मानित भइसकेकी वसन्ती र उनका श्रीमान वीरेन्द्र चौधरी थारू परम्परागत परिकारको मुख्य सुविधासहितको ‘दहिटान घर’ नाम दिएर रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । धनगढी उपमहानगरपालिका–४, घरेलु चोक उत्तरबेहडीमा २० लाखको लगानीमा व्यवसाय सुरु गरेका हुन् ।
उनीहरूले आफ्नो ‘दहिटान घर’ लाई थारू समुदायको माघी पर्वको अवसरमा उद्घाटनको योजना बनाएका छन् । तर सो दहिटान घरले आफ्नो प्रि–ओपनिङमै ग्राहकको मन जित्न सफल भएको हो ।
व्यवसायप्रति उत्साहित भएका वीरेन्द्र भन्छन्, ‘माघमा उद्घाटनको तयारी छ । अहिले हामी ट्रायल परियडमै छौँ । तर सोचेभन्दा बढी ग्राहकहरूले माया दिनुभएको छ । हामीले दैनिक हुने कारोबारको सीमा निर्धारण गरेका छौँ । जुन कारोबारको सीमा दैनिक रूपमा क्रस भएको छ ।’
१७ वर्षसम्म विभिन्न गैरसरकारी संस्थाहरूमा काम गरेका वीरेन्द्रले हालै सञ्चालनमा ल्याएको व्यवसायले जागिरे जीवनको आरोहअवरोहलाई भुल्याएको सुनाउँछन् ।
‘दहिटान घर’ अर्थात् थारू जातिभित्रको मुख्य उपथर दहिट बाट ‘दहिटान घर’को अवधारणा ल्याएको उनीहरूको भनाइ छ । जहाँ गाउँले स्वाद प्रमुख विशेषता रहेको सञ्चालिका वसन्ती बताउँछिन् ।
_y4bgBe63Tz.jpg)
उनीहरूको दहिटान घरमा थारू परिकार ढिक्री, अन्डिक भात, सिद्राको चटनी, बयरको चटनी, आलुको चटनी, घोघी, लोकल कुखुराको ग्रेबी, बङ्गुरको सेकुवा, पकुवा र चिल्ली पाइन्छ । जसको स्वाद लिन दैनिक रूपमा ग्राहकहरूको उत्साहजनक सहभागिता रहने गरेको वसन्ती बताउँछिन् ।
_8IxuRUCbDL.jpg)
हाल थारू मौलिक परिकारको प्रवर्धन गर्दै आएका उनीहरू निकट भविष्यमा सुदूरपश्चिमका अन्य रैथाने परिकारको पनि व्यवस्था गर्ने बताएका छन् । दुई दशकदेखि कमैया, कमलरी मुक्ति अभियानलगायत अधिकारमुखी आन्दोलनमा सक्रिय वसन्तीले समाज सेवासँगै व्यवसायलाई निरन्तता दिने बताउँछन् ।
उनी कमैया प्रथा उन्मूलन समाज, ओरेक नेपाल, महिला मानव अधिकार रक्षक सञ्जाल, थारू नागरिक समाजलगायत सङ्घ संस्थासँग आबद्ध छिन् ।
_UfxAN9aciz.jpg)
_YDc4aS0yDi.jpg)
_Et6sV0wP3X.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण