तीन संसदीय समितिको बैठक बस्दै
शुक्रबार, १३ पुस २०८०, ०९ : ०१
काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बिहान ११ बजे बस्दैछ ।
बैठकमा केरा खेती तथा पशुपालन व्यवसायमा रहेका समस्याका सम्बन्धमा छलफल हुनेछ । त्यस्तै दिउँसो २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समितिका आन्तरिक कार्यप्रणालीका सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै साढे ११ बजे बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा स्थलगत अध्ययन तथा अवलोकनबाट देखिएका विषय र मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासन कार्यान्वयन अवस्थाको सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँग छलफल गर्ने कार्यसूचि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश : प्रदेश मामिला समितिको सभापतिमा लामा चयन
-
प्रधानमन्त्रीलाई कोइरालाको प्रश्न: कति पटक विश्वासको मत लिनुहुन्छ ?
-
साताको सेयर बजार : परिसूचकसँगै बढ्यो कारोबार
-
माधवको प्रचण्डलाई व्यङ्ग्य, ‘हाम्रो प्रधानमन्त्रीज्यू अत्यन्तै बिजी हुनुहुन्छ’
-
रविजी गृह मन्त्रालयमा बस्न पाउनुहुन्न : शेखर कोइराला
-
संसद्लाई धेरै समय बन्धक बनाएर राख्नुहुँदैन : सभामुख