आगजनी
यातायातमन्त्रीको गाडीमा आगजनी भएको पुष्टि
शुक्रबार, १३ पुस २०८०, १२ : ४९

काठमाडौँ । भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको खुलेको छ । राजधानीको बालकुमारीमा रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमा आगजनी गरेका हुन् ।
आगजनीबाट बा २ झ ५८६१ नम्बरको गाडी ध्वस्त बनेको छ । यद्यपि आगजनीबाट कुनै मानवीय क्षति भने भएको छैन ।
आन्दोलनका कारण कोटेश्वर–कलंकी सडकको यातायात प्रभावित भएको छ भने अहिले आन्दोलका कारण बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी वार्ता टोली र यातायात व्यवसायीबीच सहमति, तर बन्दबारे अझै अन्योल
-
फेवातालमा दीर्घकालीन योजना ल्याएर मात्र पोल गाड्न आग्रह
-
‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’ आगामी साउन २ र ३ मा
-
सशस्त्र प्रहरीले मधेस प्रदेशमा ‘डिजाष्टर भोलेन्टिर’ तयार पार्दै
-
विद्या भण्डारीलाई चीनले दिएको ‘उच्च’ सम्मानले एमाले उत्साहित
-
कोशी प्रदेशलाई दिने अनुदान रकम निरन्तर घट्दो