प्रहरी लखेट्दै, डिभाइडर भत्काउँदै भाग्दै आन्दोलनकारी

काठमाडौँ । राजधानीको ग्वार्को र बालकुमारी क्षेत्रमा आन्दोलन गरेका प्रदर्शनकारी अराजक बनेपछि प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले अश्रुग्याँस प्रहार गर्दै उनीहरूलाई लखेटिरहेको छ भने आन्दोलनकारी पनि सडकमा अराजकता मच्चाउँदै भागिरहेका छन् ।
प्रहरीले आन्दोलनकारीलाई लखेट्दै ग्वार्कोबाट ललितपुरको एकान्तकुना ल्याएको छ । ‘प्रहरीले आन्दोलनकारीलाई लखेटिरहेको छ । आन्दोलनकारी सडकमा अराजकता मच्चाउँदै डिभाइडल भत्काउनेदेखि ढुंगा फ्याक्नेसम्मका गतिविधि गर्दै भागिरहेका छन् । यो भागदौडले अवस्था तनावग्रस्त छ’, प्रदर्शनस्थलमा रहेका रातोपाटीकर्मी सुवास श्रेष्ठले भने ।
रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फाराम भर्न नपाएको भन्दै आन्दोलनमा उत्रिएका युवाहरूले यसअघि बालकुमारीस्थित सडकमा मन्त्रीको गाडीमा आगो लगाएका थिए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा प्रदर्शनकारीले आगो लगाएका हुन् । प्रदर्शनका क्रममा भएको झडपमा केही घाइते समेत भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकसँग सरकारको सहमति : निजामती अस्पतालले शिक्षकलाई सहुलियत दिन सक्छ ?
-
‘ऊनको स्वीटर’ लाई युनिभर्सल सर्टिफिकेट
-
हेटौंडामा जमिनमुनि भासिएर बेपत्ता गाडीको लोकेसन पत्ता लगाए भूगर्भविदले
-
पूर्वमन्त्री प्रदीप नेपाल रहेनन्
-
फिल्म निर्देशनबाट किन ‘ब्याक’ भए राजेश हमाल ?
-
काठमाडौं महानगरमा विदेशी कुकुर दर्ता गर्न अब २ हजार रुपैयाँ लाग्ने