सन्दीप लामिछानेविरुद्धको मुद्दामा प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सकियो

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको मुद्दामा प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सकिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासमा शुक्रबार प्रतिवादीतर्फका कानुन व्यवसायीले बहस सकेका हुन् । अब वादीतर्फका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन् । जवाफी बहस सकिएपछि मुद्दाको फैसला आउने छ ।
वादीतर्फका कानुन व्यवसायीले बुधबार बहस सकेका थिए । बुधबार नै प्रतिवादीतर्फका कानुन व्यवसायी मुरारी सापकोटाले बहस सुरु गरेका थिए । उनको बहस नसकिएकाले बिहीबार उनले नै बहसको सुरुवात गरेका थिए । त्यसपछि अधिवक्ता रोशनी पौडेल, वरिष्ठ
अधिवक्ताहरु शम्भु थापा, कृष्ण सापकोटा, सबिता भण्डारी, रमण श्रेष्ठ लगायतले बहस गरेका थिए । श्रेष्ठको बहस नसकिएपछि शुक्रबार उनले नै बहसको सुरुवात गरेका थिए । शुक्रबार रामेश्वर न्यौपाने र सरोजकृष्ण घिमिरेले प्रतिवादीका तर्फबाट बहस गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाण्डे र तिम्सिनाको निलम्बन फुकुवाबारे छलफल गर्दै एमाले
-
प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु
-
भारतीय जहाजहरूका लागि पाकिस्तानले बन्द गर्यो आफ्नो बन्दरगाह
-
सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको काम सुस्त
-
मेक्सिकोमा अमेरिकी सेना तैनाथ गर्ने ट्रम्पको प्रस्ताव शेनबाउमले गरिन् ठाडै अस्वीकार
-
आज ४ संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची