सन्दीप लामिछानेविरुद्धको मुद्दामा प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सकियो
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको मुद्दामा प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सकिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासमा शुक्रबार प्रतिवादीतर्फका कानुन व्यवसायीले बहस सकेका हुन् । अब वादीतर्फका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन् । जवाफी बहस सकिएपछि मुद्दाको फैसला आउने छ ।
वादीतर्फका कानुन व्यवसायीले बुधबार बहस सकेका थिए । बुधबार नै प्रतिवादीतर्फका कानुन व्यवसायी मुरारी सापकोटाले बहस सुरु गरेका थिए । उनको बहस नसकिएकाले बिहीबार उनले नै बहसको सुरुवात गरेका थिए । त्यसपछि अधिवक्ता रोशनी पौडेल, वरिष्ठ
अधिवक्ताहरु शम्भु थापा, कृष्ण सापकोटा, सबिता भण्डारी, रमण श्रेष्ठ लगायतले बहस गरेका थिए । श्रेष्ठको बहस नसकिएपछि शुक्रबार उनले नै बहसको सुरुवात गरेका थिए । शुक्रबार रामेश्वर न्यौपाने र सरोजकृष्ण घिमिरेले प्रतिवादीका तर्फबाट बहस गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण