बालकुमारीमा प्रदर्शन गर्ने ५० जनाभन्दा बढी पक्राउ
काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा संलग्न आरोपमा पक्राउ पर्नेहरुको संख्या ५० नाघेको छ । पक्राउ परेकाहरुलाई जावलाखेलस्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ ।
मन्त्री चढ्ने गाडी प्रदर्शनकारीले जलाएसँगै प्रहरीले आन्दोलनकारीविरुद्ध गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ । दैलेख घर भएका सुजन रावत र डोटी घर भएका विरेन्द्र शाहको मृत्यु भएको प्रहरी प्रवक्ता (डिआईजी) कुवेर कडायतले रातोपाटीलाई बताए ।
प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा२झ ५८६१ नम्बरको गाडी जलाएका छन् ।
रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले ग्वार्को क्षेत्रमा गरेको प्रदर्शनका कारण शुक्रवार सो क्षेत्र तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्याँस र त्यसपछि गोली चलाएको थियो ।
कोरियन भाषा परीक्षामा सहभागी नगराएको भन्दै भाषा सिकेका व्यक्तिहरुको समूहले ईपिएस कार्यालय अगाडि चक्रपथमा आगजनी गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण