सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
बालकुमारी घटना

बालकुमारीमा प्रदर्शन गर्ने ५० जनाभन्दा बढी पक्राउ

शुक्रबार, १३ पुस २०८०, १५ : ४६
शुक्रबार, १३ पुस २०८०

काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा संलग्न आरोपमा पक्राउ पर्नेहरुको संख्या ५० नाघेको छ ।  पक्राउ परेकाहरुलाई जावलाखेलस्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ । 

मन्त्री चढ्ने गाडी प्रदर्शनकारीले जलाएसँगै प्रहरीले आन्दोलनकारीविरुद्ध गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ । दैलेख घर भएका सुजन रावत र डोटी घर भएका विरेन्द्र शाहको मृत्यु भएको प्रहरी प्रवक्ता (डिआईजी) कुवेर कडायतले रातोपाटीलाई बताए । 

प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा२झ ५८६१ नम्बरको गाडी जलाएका छन् । 

रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले ग्वार्को क्षेत्रमा गरेको प्रदर्शनका कारण शुक्रवार सो क्षेत्र तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्याँस र त्यसपछि गोली चलाएको थियो । 

कोरियन भाषा परीक्षामा सहभागी नगराएको भन्दै भाषा सिकेका व्यक्तिहरुको समूहले ईपिएस कार्यालय अगाडि चक्रपथमा आगजनी गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप