प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न कांग्रेसको आग्रह
काठमाडौँ । नेपाली कांग्रेसले शुक्रवार ललितपुरको बालकुमारीमा भएको घटनाबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले एक विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न सरकारसँग माग गरेका हुन् ।
‘घटनाको सत्य–तथ्य अध्ययन गरी यथार्थ छानबिन गर्नुका साथै घटनामा घाइते भएकाहरूको उचित उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न नेपाल सरकारसँग नेपाली कांग्रेस माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । कांग्रेसले आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्बन गर्न प्रदर्शनकारीलाई आग्रह गरेको छ । साथै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन कांग्रेसको अपिल छ ।
शुक्रवार दिउँसो कोरियाली भाषा परीक्षासम्बन्धी विषयलाई लिएर बालकुमारीस्थित इपिएस कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी भएको थियो । त्यसपछि प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा दुई जनाको मृत्यु र केही व्यक्ति घाइते भएको घटनाप्रति कांग्रेसले दुःख व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण