भारतको वन्डर्स क्लब अफ नोएडालाई पराजित गर्दै पुलिस क्लब फाइनलमा
काठमाडौँ । वीरगञ्जमा जारी नेपाल प्रो क्लव च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा भारतको वन्डर्स क्लब अफ नोएडालाई ४ रनले पराजित गर्दै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको पुलिस क्लवले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११२ रन बनाएको थियो । जवाफी ब्याटिङका क्रममा वन्डर्स क्लब अफ नोएडाले ९ विकेटको क्षतिमा १०८ रनमात्र बनाउन सक्यो । नोएडाका लागि वंश वेदीले सर्वाधिक ४३ रनको योगदान गरे । त्यस अतिरिक्त अल्पित गुप्ताले २०, सिद्धार्थ गोस्वामीले १३ र उजैर मलिकले १२ रन बनाए ।
बलिङतर्फ पुलिस क्लवका लागि सागर ढकालले तीन विकेट लिए भने रसिद खानले दुई, ललित राजवंशी र शेर मल्लले एक–एक विकेट लिए । पुलिस क्लवका लागि ब्याटिङतर्फ अर्जुन साउदले सर्वाधिक ४२ रन बनाए भने सुनिल धमलाले ३४, दिलिप नाथले १० रनको योगदान गरे ।
वन्डर्स क्लव अफ नोएडाका अल्पित गुप्ताले दुई, सन्जीव चतुर्वेदी, रितिक भाट्स र दिवान्स रावतले एक–एक विकेट लिए । पुलिस क्लबले अब फाइनलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको पर्सा क्लब–११ सँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । त्रिभुवन आर्मीलाई सेमिफाइनलमा पराजित गर्दै यसअघि पर्सा क्लब–११ ले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण