सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बेरोजगार युवालाई गोली प्रहार गर्नु चिन्ताको विषय : राप्रपा

शुक्रबार, १३ पुस २०८०, १७ : ३३
शुक्रबार, १३ पुस २०८०

काठमाडौँ । राप्रपाले  बेरोजगार युवालाई संयमता गुमाइ गोली प्रहार गर्नु गम्भीर चिन्ताको विषय भएको जनाएको छ । 

अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रवार जारी गरेको विज्ञप्तिमा ईपीएस कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा दुई युवाको हत्या गरेर सरकार स्वयंले परिस्थितिलाई उत्तेजित तुल्याएको उल्लेख गरिएको छ।  उनले घटनाको सत्य तथ्य छानबिन र घाइतेको उपचार गर्न  सरकारसँग माग गरेका छन् । 

कोरियाली भाषा सम्बन्धी ईपिएस परीक्षामा सहभागिताको विषयलाई लिएर ललितपुरको बालकुमारी क्षेत्रमा शुक्रवार भएको आन्दोलनमा उत्रिएका युवामाथि प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप