कैलालीको लम्कीमा कालोपत्र गरेको ६ दिनमै घाँस उम्रियो
धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकास्थित एक सडक कालोपत्र गरेको ६ दिनमै घाँस उम्रिएको छ ।
निर्माण कम्पनीको बदमासी र नगरपालिकाको बेवास्ताका कारण अघिअघि सडकमा कालोपत्रेको काम हुँदैछ भने पछि कालोपत्र माथि घाँस उम्रिन थालेको हो ।
लम्की चुहा नगरपालिका ३ स्थित व्यवस्थित नगरमा कालोपत्र गरेको ६ दिनमै घाँस उम्रेपछि कालोपत्रको काम कमसल भएको भन्दै स्थानीयहरु आक्रोशित भएका छन् । घरै अगाडिको सडक कालोपत्र भएपछि स्थानीय हरि भण्डारी खुसी भएका थिए । तर उनको खुसी छ दिनमै निराशामा बदलियो । विकासको नाममा आँखामा छारो हाल्ने काम मात्रै भएको भन्दै भण्डारीले आक्रोश पोखे ।

नयाँ कालोपत्रमा घाँस उम्रेको देखाउँदै भण्डारीले भने, ‘एकातिर कालोपत्र गर्दैछ, अर्कोतिर घाँस उम्रिरहेको छ । यो अवस्थाले कालोपत्र नै उप्किने होला । यस्तो कालोपत्र कति दिन नै टिक्ने होला ! आँखामा छारो हाल्ने काम मात्रै भयो ।’
त्यस्तै अर्का स्थानीय खगेन्द्र प्रसाद बजगाईँले नयाँ कालोपत्र सडकमा घाँस उम्रेपछि र केही ठाउँमा बेसो ग्राबेल नै निस्कन थालेपछि ठेकेदार, जनप्रतिनिधिलाई जानकारी गराएको तर कसैले सुनुवाइ नगरेको बताए ।
डेढ वर्षअघि लम्की चुहा नगरपालिकाका र सुलभ एण्ड सुस्मिता कन्ट्रक्सनबिच ६० लाखमा १२ सय मिटर सडक कालोपत्रको लागि ठेक्का सम्झौता भएको थियो ।
काम समेत समयमा पुरा नगरेको ठेकेदारले ढिला गरेको काममा पनि बदमासी गरेको स्थानीयको भनाइ छ ।

नगरपालिका ३ का वडाध्यक्ष तथा नगर प्रवक्ता लव बहादुर शाहीले गरिएको कालोपत्र आफूले केही दिनअघि मात्रै अनुगमन गरेको बताए । त्यसैबेला मापदण्ड अनुसार नै काम गर्न निर्माण कम्पनीलाई भनेको बताए ।
तर कालोपत्रमाथि घाँस आएको जानकारी पाएपछि ठेकेदारलाई तत्काल काम रोक्न भनेको उनले बताए । कालोपत्र कमसल भएको छ वा मापदण्ड र सम्झौता अनुसार काम भएको छैन भने ठेकेदारको भुक्तानी रोक्ने उनले बताएका छन् ।
यसैबिच सुलभ एण्ड सुस्मिता कन्ट्रक्सनका दर्शन खड्काले केही स्थानमा समस्या आएको स्वीकार गरे । कालोपत्र गरेको अन्य स्थानमा राम्रो रहेको जिकिर गर्दै उनले केही स्थानमा मानवीय त्रुटिका कारण बिग्रेको हुनसक्ने भएकाले तत्काल सुधार गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण