शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

बालकुमारी घटनामा ओली : बल प्रयोग समस्याको समाधान होइन

शुक्रबार, १३ पुस २०८०, २० : २५
शुक्रबार, १३ पुस २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बल प्रयोग समस्याको समाधान नभएको बताएका छन् । 
‘बालकुमारी घटनामा होनाहार दुईजना नवयुवकको ज्यान गयो। बल प्रयोग समस्याको समाधान होइन’, ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन् । 
उनले  समस्या समाधानमा अनुत्तरदायी रहने र आफ्नो कमजोरी लुकाउन बल प्रयोग गर्ने सरकारको शैली निन्दनीय रहेको समेत बताए । 

उनले  घटनाको तत्काल छानविन गरी दोषीलाई कार्वाही गर्न माग गर्दै भनेका छन्, ‘ज्यान गुमाउने युवाप्रति भावपूर्ण श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना । अब यस्तो कहिलै नहोस् ।’

 ग्वार्कोस्थित ईपीएस कोरिया शाखामा शुक्रबार विरोध प्रदर्शन गर्न पुगेका दैलेखका सुजन राउत र डोटीका वीरेन्द्र शाहको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप