बालकुमारी घटनामा ओली : बल प्रयोग समस्याको समाधान होइन
शुक्रबार, १३ पुस २०८०, २० : २५
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बल प्रयोग समस्याको समाधान नभएको बताएका छन् ।
‘बालकुमारी घटनामा होनाहार दुईजना नवयुवकको ज्यान गयो। बल प्रयोग समस्याको समाधान होइन’, ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
उनले समस्या समाधानमा अनुत्तरदायी रहने र आफ्नो कमजोरी लुकाउन बल प्रयोग गर्ने सरकारको शैली निन्दनीय रहेको समेत बताए ।
उनले घटनाको तत्काल छानविन गरी दोषीलाई कार्वाही गर्न माग गर्दै भनेका छन्, ‘ज्यान गुमाउने युवाप्रति भावपूर्ण श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना । अब यस्तो कहिलै नहोस् ।’
ग्वार्कोस्थित ईपीएस कोरिया शाखामा शुक्रबार विरोध प्रदर्शन गर्न पुगेका दैलेखका सुजन राउत र डोटीका वीरेन्द्र शाहको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण