सन् २०२६ सम्म एन्चेलोटी नै रियलको म्यानेजर रहने
मड्रिड । रियल मड्रिडका म्यानेजर कार्लो एन्चेलोटीले क्लबसँग नयाँ करार गरेका छन् । नयाँ सम्झौता अनुसार उनी सन् २०२६ को जुनसम्म क्लबमा नै रहनेछन् ।
६४ वर्षीय इटालियन प्रशिक्षकलाई सन् २०२१ मा दोस्रो पटक रियलको नेतृत्व प्रदान गरिएको थियो । त्यतिबेला उनको करार ३ वर्षको रहेको थियो ।
यो वर्षको सुरुमा उनी यो सिजनको अन्त्यमा क्लब छाडेर ब्राजिलको राष्ट्रिय टोलीको नेतृत्व गर्ने बताइएको थियो । तर उनले हालका लागि क्लबमा नै रहने निर्णय गरेका छन् ।
रियलमा उनले १० वटा उपाधि जितेका छन् जसमा दुईवटा च्याम्पियन्स लिगको उपाधिसमेत रहेका छन् । सन् २०२१–२२ मा रियललाई उनले दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए । सन् २०१३ देखि २०१५ सम्म पहिलोपटक रियलको नेतृत्वमा सम्हाल्दा पनि टोलीलाई च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए ।
जिनेदिन जिदानले क्लब छाडेपछि उनी जुन २०२१ मा प्रिमियर लिग क्लब एभर्टन छाडेर रियल आएका थिए । एन्चेलोटी चारवटा युरोपियन कपको उपाधि जित्ने एक्लो प्रशिक्षक हुन् । त्यस्तै युरोपमा इटाली, इंग्ल्याण्ड, फ्रान्स, जर्मनी र स्पेनका सबै पाँच मुख्य लिगहरू जित्ने पहिलो प्रशिक्षक पनि हुन् ।
गत सिजन रियलले कोपा डेल रेको उपाधि जितेको थियो भने ला लिगामा बार्सिलोनाभन्दा पछि दोस्रो स्थानमा रहेको थियो । च्याम्पियन्स लिगमा भने टोली सेमिफाइनलसम्म पुगेको थियो । यो सिजन रियल १८ खेलपछि लिगको शीर्ष स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण