डोङ जुन बने चीनको नयाँ रक्षामन्त्री
बेइजिङ । ली साङ्फुलाई आधिकारिक रूपमा बर्खास्त गरेको दुई महिनापछि चीनले डोङ जुनलाई आफ्नो नयाँ रक्षामन्त्रीको रूपमा नियुक्त गरेको छ। पूर्व नौसेना कमान्डर डोङले लीको स्थानमा पदभार ग्रहण गरेका हुन् । ली पछिल्लो पटक अगस्तमा सार्वजनिक रूपमा देखिएका थिए।
चीनका शीर्ष विधायकहरूले शुक्रबार बेइजिङमा भएको नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिको बैठकमा डोङको नियुक्तिको घोषणा गरे। यो कदम यस वर्षको सुरुमा देशका शीर्ष पदहरूबाट उच्च सैन्य अधिकारीहरूलाई बर्खास्त गरेपछि आएको हो।
लीजस्तै जुलाईमा क्विन ग्याङलाई विदेश मन्त्रीबाट हटाइएको थियो। ली र क्विनको बर्खास्तीका लागि कुनै कारणहरू दिइएको छैन। दुवै जना सात महिना मात्रै पदमा थिए । शुक्रबार स्थायी समितिबाट नौ वरिष्ठ सैन्य अधिकारीहरूलाई हटाइएको रोयटर्सले सिन्ह्वालाई उद्धृत गर्दै जानकारी दिएको छ।
६२ वर्षीय डोङलाई अगस्त २०२१ मा नौसेना को कमान्डर बनाइएको थियो । उनको अघिल्लो भूमिकाहरूमा चिनियाँ सेनाको दक्षिणी थिएटर कमान्डको उप कमान्डरको रूपमा सेवा गरेको समावेश छ। यसको सञ्चालन क्षेत्रमा दक्षिण चीन सागर समावेश छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मदाह प्रयास गर्ने पुरुष पठाओ चालक, महानगर प्रहरीले गरेको थियो मोटरसाइकलमा ‘ह्वील लक’
-
आफ्नै शरीरमा आगो लगाउने पुरुषको पहिचान खुल्यो
-
विश्वकपमा ब्राजिलको बिजोग : एन्चेलोटीको रणनीतिमा कहाँ भयो गल्ती?
-
कैदीबन्दीको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि थप
-
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
-
चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण