बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

फेरि विश्वकै धनी व्यक्ति बने एलन मस्क

शनिबार, १४ पुस २०८०, ०८ : ११
शनिबार, १४ पुस २०८०

काठमाडौँ । टेस्ला र स्पेसएक्स (साविकको ट्वीटर) का सीईओ एलन मस्क फेरि विश्वकै धनी व्यक्ति बनेका छन् । ब्लुमबर्गको पछिल्लो रिपोर्ट अनुसार टेस्ला तथा स्पेसएक्सका मालिक मस्कले फ्रान्सेली अर्बपति बर्नाड अर्नाल्टलाई पछि पार्दै पहिलो स्थानमा पुनरागमन गरेका हुन् ।

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार २०२२ मा एलन मस्कले १ सय ३८ बिलियन डलरको घाटा बेहोरेका थिए । त्यसपछि बर्नार्ड अर्नाल्ट विश्वको सबैभन्दा धनी व्यक्ति बनेका थिए । मस्कले बिहीबार थप ९५.४ बिलियन डलर कमाइसकेका छन् । लक्जरी उत्पादनको मागमा कमी आएको छ ।

सेयरमा आएको गिरावटपछि अर्नाल्टको कुल सम्पत्ति एलोन मस्कको भन्दा ५० अर्ब डलरले कम भएको छ । ब्लूमबर्गका अनुसार एलोन मस्कको कुल सम्पत्ति अहिले २३२ बिलियन डलर पुगेको छ। 

अमेजनका संस्थापक जेफ बेजोसले आफ्नो सम्पत्तिमा ७० बिलियन भन्दा बढी थपेका छन् । यो वर्ष मेटाका संस्थापक र सीईओ मार्क जुकरबर्गका लागि पनि राम्रो रह्यो, उनले ८० अर्ब डलरभन्दा बढी कमाएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप