फेरि विश्वकै धनी व्यक्ति बने एलन मस्क
काठमाडौँ । टेस्ला र स्पेसएक्स (साविकको ट्वीटर) का सीईओ एलन मस्क फेरि विश्वकै धनी व्यक्ति बनेका छन् । ब्लुमबर्गको पछिल्लो रिपोर्ट अनुसार टेस्ला तथा स्पेसएक्सका मालिक मस्कले फ्रान्सेली अर्बपति बर्नाड अर्नाल्टलाई पछि पार्दै पहिलो स्थानमा पुनरागमन गरेका हुन् ।
ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार २०२२ मा एलन मस्कले १ सय ३८ बिलियन डलरको घाटा बेहोरेका थिए । त्यसपछि बर्नार्ड अर्नाल्ट विश्वको सबैभन्दा धनी व्यक्ति बनेका थिए । मस्कले बिहीबार थप ९५.४ बिलियन डलर कमाइसकेका छन् । लक्जरी उत्पादनको मागमा कमी आएको छ ।
सेयरमा आएको गिरावटपछि अर्नाल्टको कुल सम्पत्ति एलोन मस्कको भन्दा ५० अर्ब डलरले कम भएको छ । ब्लूमबर्गका अनुसार एलोन मस्कको कुल सम्पत्ति अहिले २३२ बिलियन डलर पुगेको छ।
अमेजनका संस्थापक जेफ बेजोसले आफ्नो सम्पत्तिमा ७० बिलियन भन्दा बढी थपेका छन् । यो वर्ष मेटाका संस्थापक र सीईओ मार्क जुकरबर्गका लागि पनि राम्रो रह्यो, उनले ८० अर्ब डलरभन्दा बढी कमाएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण