पाकिस्तान: पूर्वप्रधानमन्त्री इमरान खानले अब जेलमै रणनीतिक बैठक गर्न पाउने
काठमाडौँ । पाकिस्तानको इस्लामावाद उच्च अदालतले पूर्वप्रधानमन्त्री तथा तहरीक–ए–इन्साफ पार्टीका अध्यक्ष इमरान खानलाई आसन्न आम निर्वाचनलाई मध्यनजर गर्दै जेलमै रणनीतिक बैठक गर्न अनुमति दिएको छ । पाकिस्तानमा आगामी फेब्रुअरी ८ मा आम निर्वाचन हुँदैछ । निर्वाचनलाई लिएर पाकिस्तानमा अहिले राजनीतिक सरगर्मी बढेको छ ।
अदालतले इमरान खानले पार्टी सदस्य असद कैसर, जुनैद अकबर खान, सिनेटर औरंगजेब खान र मोहम्मद खान र इश्तियाक मेहेरबानसँग बैठक गर्न अनुमति माग्दै दायर गरेको रिटमा फैसला सुनाएको हो ।
शुक्रबारको सुनुवाइको क्रममा, पाकिस्तानका महान्यायाधिवक्ता (एजीपी) मन्सुर उस्मान अवान, इमरान खानको पार्टीका वकिलहरू र अदियाला जेल सुपरिटेन्डेन्ट अदालतमा उपस्थित भएका थिए ।
पाकिस्तान तहरीक–ए–इन्साफका वकिल शोएब शाहीनले पार्टीले ७०० टिकटको बाँडफाँडमा छलफल गर्न आवश्यक रहेको बताएका छन् ।निर्वाचन कार्यक्रम सार्वजनिक भएसँगै प्रमुख राजनीतिक दलका शिविरमा चुनावी गतिविधि सुरु भएको छ ।
आइतबार उम्मेदवारी दर्ताको अन्तिम मिति सकिँदै गर्दा निर्वाचनको कार्यक्रम धमाधम चलिरहेको छ । निर्वाचन अधिकृतले डिसेम्बर २५ देखि ३० सम्म मनोनयन पत्रको छानबिन गर्ने कार्यतालिका रहेको छ ।
गत वर्ष मार्चमा वाशिंगटनस्थित देशको दूतावासले पठाएको गोप्य कूटनीतिक पत्र खुलासा गरेर आधिकारिक गोप्य कानुनको उल्लङ्घन गरेको आरोपमा पूर्व प्रधानमन्त्री इमरान खानलाई अगस्टमा पक्राउ गरिएको थियो ।
७१ वर्षीय इमरान खान र उनका निकट सहयोगी ६७ वर्षीय पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई सोमबार विशेष अदालतले गोप्य सूचना चुहावट गरेको आरोपमा दोषी ठहर गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण