बालकुमारी घटना : मृतकलाई सहिद घोषणा गर्न माग, आइतबार सुर्खेतमा चक्काजामको घोषणा
सुर्खेत । शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएपछि शनिबार सुर्खेतको वीरेन्द्रनगरसहित दैलेखमा पनि आन्दोलन गरिएको छ । ‘युवा विद्रोही’ समूह बनाएर सरकारविरुद्ध आन्दोलन भइरहेको हो ।
शनिबार प्रदर्शन गर्दै समूहले आइतबार सुर्खेतमा सवारी साधन बन्द गर्ने घोषणा गरेको छ । समूहले आइतबार सुर्खेतमा सम्पूर्ण सरकारी सवारी साधनहरू दिनभर बन्द गर्ने र बाँकी अन्य निजी तथा सार्वजनिक यातायातका साधनहरू दिउँसो १२ बजेदेखि १ बजेसम्म बन्द गर्ने बताएको हो ।
आन्दोलनकारीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेका छन् । साथै मृतक युवाहरूलाई सहिद घोषणाको माग गरेका छन् । त्यस्तै पीडित परिवारलाई उचित शिक्षा, स्वास्थ्य, लालनपालनको सम्पूर्ण ग्यारेन्टी राज्यले गर्नुपर्ने पनि युवाहरूको माग छ ।
विज्ञप्तिमा भनिएको छ, ‘मृतकका आफन्त, शुभचिन्तक र शुभेच्छुकहरूबाट भइरहेको चरणबद्ध आन्दोलनमा यहाँहरूको साथ, सहयोग र समर्थनको अपेक्षा गरिएको छ ।’
शनिबार वीरेन्द्रनगरको एरीचोक र वीरेन्द्रचोकमा उनीहरूले टायर बालेर प्रदर्शन गरेका छन् । समूहका अगुवाका रूपमा रहेका दैलेखका नवीन योगीका अनुसार आन्दोलनहरू चरणबद्ध रूपमा गरिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण