सरकारलाई रवि लामिछानेको १० प्रश्न
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई विभिन्न १० प्रश्न गरेका छन् ।
उनले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास काण्ड, सुन काण्ड, एनसेल प्रकरण, टेराम्याक्स घोटाला, वाइडवडी खरिद काण्ड, यती काण्ड, ओम्नी काण्ड, गिरिबन्धु काण्डलगायत सरकारको नालायकीपनको उदाहरण भएको भन्दै यसका दोषी उम्काउने को हो भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
‘हुँदा हुँदा पेट पाल्न विदेश जान्छु भन्ने गरिब श्रमिकलाई बिच सडकमा गोली हान्ने ?’, लमिछानेले सामाजिक सञ्जालमार्फत सरकारलाई प्रश्न गरेका छन्, ‘आज पीडित परिवारसँग कुरा गर्दा अत्यन्त विक्षिप्त भइयो। यो दर्दनाक अवस्थाबाट नेपालीले कहिले मुक्ति पाउने ?’
लामिछानेले आजबाट देशभर रास्वपाले विरोध कार्यक्रमहरू सुरु गरेको र पुतला जलाएर होइन, पुतला सजाएर प्रश्न गर्ने बताए ।
‘रास्वपा अब रोकिँदैन। यो देशको दुर्गति बनाउनेहरूको अब भण्डाफोर हुन्छ, हुन्छ,’ उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तिम १६ मा प्रवेशका लागि कोलम्बिया र घानाबिच प्रतिस्पर्धा सुरु
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपका लगातार ८ खेलमा गोल गर्ने एकमात्र खेलाडी बने मेस्सी
-
अर्जेन्टिनासँग हारको बाबजुद केप भर्डेले जित्यो फुटबल जगतको मन
-
केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश
-
रोमेरोको गोलसँगै अर्जेन्टिनाले फेरि लियो अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण