अतिरिक्त समयमा फेरि बराबरी: केप भर्डेले अर्जेन्टिनालाई पुनः झट्का दियो
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा नवप्रवेशी केप भर्डेले अतिरिक्त समयमा पुनः गोल फर्काउँदै साविक विजेता अर्जेन्टिनाविरुद्ध २–२ को रोमाञ्चक बराबरी कायम गरेको छ।
मियामी स्टेडियममा जारी खेलको अतिरिक्त समयको १०३औँ मिनेटमा सिड्नी काब्रालले यानिक सेमेडोको पासमा गोल गर्दै केप भर्डेलाई २–२ को बराबरीमा पुर्याएका हुन्।
यसअघि अतिरिक्त समयको ९२औँ मिनेटमा डिफेन्डर लिसान्द्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २–१ को अग्रता दिलाएका थिए। निर्धारित ९० मिनेटको खेल भने १–१ को बराबरीमा सकिएको थियो।
अर्जेन्टिनाका लागि खेलको २९औँ मिनेटमा कप्तान लियोनेल मेस्सीले पहिलो गोल गरेका थिए। त्यसको जवाफमा दोस्रो हाफको ५९औँ मिनेटमा डेरोय डुआर्टेले गोल गर्दै केप भर्डेलाई खेलमा फर्काएका थिए।
विश्व वरीयतामा दोस्रो स्थानमा रहेको अर्जेन्टिनाविरुद्ध ५९औँ स्थानको केप भर्डेले लगातार दुईपटक बराबरी गोल फर्काउँदै ऐतिहासिक प्रदर्शन गरेको छ। हाल अतिरिक्त समय जारी रहेको छ भने दुवै टोली २–२ को बराबरीमा छन्। यस खेलको विजेताले अन्तिम १६ मा इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
लगातार आठ विश्वकप खेलमा गोल गर्ने एकमात्र खेलाडी बने मेस्सी
-
अर्जेन्टिनासँग हारको बाबजुद केप भर्डेले जित्यो फुटबल जगतको मन
-
केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश
-
रोमेरोको गोलसँगै अर्जेन्टिनाले फेरि लियो अग्रता
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण