झडप
ग्याङफाइटको घटनापछि बाँकेको बाल सुधारगृहमा तनाव
आइतबार, १५ पुस २०८०, १७ : ०७
काठमाडौँ । बाँकेको एक बाल सुधारगृहमा तनाव भएको छ । बैजनाथ गाउँपालिका २ स्थित नौबस्तामा रहेकाे सुधार गृहमा दुई समूहबीचको विवादले उग्र रुप लिँदै गएपछि तनावको अवस्था सिर्जना भएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले शनिबार सुधारगृहमा रहेका दुई समूहबीच झडप भएको र सोही विवादले उग्ररुप लिँदै आज थप तनाव भएको सूचना भएको जानकारी दिए ।
उनका अनुसार ग्याङफाइटमा घाइते भएका ४ जनालाई उपचारपछि सुधारगृहमा फिर्ता ल्याइएसँगै तनावको अवस्था भएको हो । दुई समूहलाई छुट्टाछुट्टै ब्लकमा राखिएपनि एक समूहले ढुंगामुढा गरेका छन् । ढुंगामुढाबाट एक गाडीमा क्षति पुग्नुकै साथै सुधारगृहमा तनावको अवस्था रहेको हो ।
अहिले बैजनाथ गाउँपालिका २ स्थित नौबस्ता थप सुरक्षाकर्मीको टोली पठाइएको अवस्थालाई साम्य बनाउने कोसिस भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण