नागरिकको अवस्था परिवर्तनका निम्ति सरकार अहोरात्र खटिरहेको छः मन्त्री गुरुङ
काठमाडौँ । शहरी विकासमन्त्री सीता गुरूङले सरकार नागरिकको अवस्था परिवर्तनका लागि अहोरात्र खटिरहेको बताएकी छन् ।
आईतवार काठमाडौंको टुडिखेलमा आयोजित तमु ल्होसार महोत्सव–२०८० लाई सम्बोधन गर्दै मन्त्री गुरुङले सरकार नागरिकको अवस्था परिवर्तनको निम्ति अहोरात्र खटिरहेको बताएकी हुन् । उनले नागरिकको बढ्दो असन्तुष्टि र नकारात्मक टिप्पणीहरुप्रति सरकार सजग रहेको बताइन् । यनले केही भएको छैन र केही हुँदैन भन्ने भाष्य गलत रहेको उल्लेख गर्दै विगतका दिनहरुमा भन्दा अहिले राम्रो हुँदै गइरहेको बताइन् । उनले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशि सहभागिता जोगाउने चुनौति रहेको पनि बताइन् ।
उनले भनिन्, ‘नेपाल बहुजाति, बहुभाषि, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक हो । यसखालको विविधता नै नेपालको छुट्टै पहिचान हो । परिचय हो । नेपालको सम्पति हो । नेपालका हरेक जातजातिको आफ्नै पहिचान र परम्परा छन् । सांस्कृतिक मूल्य र मान्यता छन् । हाम्रो पुर्खाले यसलाई सदिऔँदेखि जोगाएर हाम्रो काँधमा आइपुगेको छ । नागरिकको तर्फबाट, समुदायको तर्फबाट र राज्यको तर्फबाट हामी सबैले धार्मिक र सांस्कृतिक सम्पदा र संस्कृतिलाई यसरी नै जोगाएर लान सकौँ । राज्य सबैको अभिभावक हो र हुनुपर्दछ । विगतमा पक्कैपनि असमानताहरु थिए । र हाम्रो असन्तुष्टिहरु पनि थिए । तर आज परिस्थिति फेरिएको छ । केही न केही राज्यको तर्फबाट नागरिकका आवाजहरुलाई सुनिएका छन् । अधिकार सम्पन्न संविधान बनाइएको छ । यसलाई अझ सशक्त बनाउन हाम्रो माग र अधिकारहरुलाई सुनिश्चित गराउन, हामीले लडेर ल्याएको संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशि सहभागिता जोगाइराख्ने हाम्रो विचमा ठुलो चुनौती छ । त्यसैले आजका दिनमा संविधानलाई संस्थागत गर्न हामी सबैले साझा संकल्प र सबैले साथ दिन जरुरी छ । नागरिकको अवस्था परिवर्तनको निम्ति सरकार अहोरात्र खटिरहेको छ । हामीले व्यवस्था परिवर्तनको निम्ति धेरै संघर्ष ग¥यौँ । अब संविधानलाई कार्यान्वयन गराउँदै आम नागरिकको जीवन र नागरिकको अवस्थालाई परिवर्तन गर्न लागि परिरहेको छ । नागरिकको बढ्दो असन्तुष्टि र नकारात्मक टिप्पणीप्रति पनि सरकार सजग छ । तर केही भएको छैन, केही हुँदैन भन्ने भाष्य गलत छ । हिजोभन्दा राम्रो पक्कै भएको छ ।’
मन्त्री गुरुङले नेपालको सांस्कृतिक मूल्य र मान्यताहरुलाई बचाउनुपर्नेमा जोड दिइन् । उनले धार्मिक र सांस्कृतिक सम्पदा र संस्कृतिलाई जोगाएर लानुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण