डडेलधुरा अस्पताल चाँडै तीन सय शय्याको हुन्छ: मन्त्री बस्नेत
डडेलधुरा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले डडेलधुरा अस्पताल केही समयमै १०० शय्याबाट बढाएर ३०० शय्याको हुने बताएका छन् । आइतबार अस्पताल निरीक्षणका लागि डडेलधुरा आइपुगेका मन्त्री बस्नेतले तीन सय शय्याको अस्पताल सञ्चालन नभएसम्म मेडिकल कलेज पूर्ण रूपमा चल्न नसक्ने भएकाले अस्पतालको क्षमता पनि बढाउँदै लैजानु पर्नेमा जोड दिएका हुन् ।
अस्पताल र मिडिकल कलेज एक अर्काका परिपूरक भएको बताउँदै दुबैलाई साथ साथै लैजान सकेमात्र जनताले चाहेको स्वास्थ्य सेवा र चिकित्सा शास्त्रको पढाई अगाडि बढ्ने बताए । डडेलधुरा अस्पतालले तीन सय शय्यामा सञ्चालन गर्न नयाँ भवन बनाइरहेको छ।
मन्त्री बस्नेतले अस्पतालको स्तर उन्नतिका लागि स्वास्थ्य मन्त्रालयले कुनै कसर बाकी नराख्ने बताए । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले अस्पतालमा कार्यरत जनशक्तिलाई मेडिकल कलेजले पनि काममा लगाउनु पर्ने आवश्यकता रहेकोमा जोड दिए। उनले एमबीबीएसको पढाई सुरु गर्नु भन्दा नर्स र पारामेडिक्सको पढाई सुरु गर्न सल्लाह दिए।
डडेलधुरा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष करुणाकर ओझाले जनशक्ति थप्ने कार्यमा सरकारले सहयोग गर्नु पर्ने बताए । मन्त्री बस्नेतले अस्पतालका निर्माणाधीन भवन, क्वाटर लगायतको निरीक्षण र अवलोकन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण