सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

ईपीएस विवाद : मन्त्रालयले कोरियाली राजदूतलाई छलफलका लागि बोलायो

सोमबार, १६ पुस २०८०, १३ : २८
सोमबार, १६ पुस २०८०

काठमाडौँ । ‘सिप बिल्डिङ’ वालाहरुको आवेदनको विवादको विषयमा छलफल गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालस्थित दक्षिण कोरियाली राजदूतलाई छलफलका लागि बोलाएको छ । मंगलबार बिहान ११ बजे राजदूत एच.ई. तेयोङ पार्कलाई मन्त्रालयमा छलफलका लागि बोलाइएको हो ।

सहसचिव राजीव पोखरेलका अनुसार राजदूतसँग ईपीएसमा देखिएको विवादबारे छलफल गरेर निष्कर्ष निकाल्ने तयारी मन्त्रालयको छ । यसै विषयमा शुक्रबार भएको प्रदर्शन हिंसात्मक बन्दा दुई जना युवाको मृत्यु भएको थियो भने भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनीसमेत भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप