ईपीएस विवाद : मन्त्रालयले कोरियाली राजदूतलाई छलफलका लागि बोलायो
सोमबार, १६ पुस २०८०, १३ : २८
काठमाडौँ । ‘सिप बिल्डिङ’ वालाहरुको आवेदनको विवादको विषयमा छलफल गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालस्थित दक्षिण कोरियाली राजदूतलाई छलफलका लागि बोलाएको छ । मंगलबार बिहान ११ बजे राजदूत एच.ई. तेयोङ पार्कलाई मन्त्रालयमा छलफलका लागि बोलाइएको हो ।
सहसचिव राजीव पोखरेलका अनुसार राजदूतसँग ईपीएसमा देखिएको विवादबारे छलफल गरेर निष्कर्ष निकाल्ने तयारी मन्त्रालयको छ । यसै विषयमा शुक्रबार भएको प्रदर्शन हिंसात्मक बन्दा दुई जना युवाको मृत्यु भएको थियो भने भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनीसमेत भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण