साँपलाई हातले समातेर काँचुली तानेपछि...(भिडियो)
साँपको नाम सुन्ने बित्तिकै नडराउने मान्छे त कमै होलान् संसारमा । केहीलाई त साँपको कल्पनाले पनि आतङ्कित बनाउँछ । साँपको टोकाइले मान्छेको मृत्यु नै हुन्छ । आफूलाई बहादुरभन्दा बहादुर बताउने मान्छेले पनि सर्पलाई समात्न र छुन डराउँछन् । तर यो लेखमा हामीले कुरा गर्न गइरहेका व्यक्ति भने जिउँदो साँपसँग खेलौना झैँ खेलिरहेका थिए ।
साँप पनि सानोतिनो थिएन । साँप धेरै पुरानो भएपछि छालाको माथिल्लो पत्र अर्थात् काँचुली निस्किन्छ । काँचुली आफैँ निस्किन्छ । तर भिडियोमा यो काम साँपले होइन व्यक्तिले गरिरहेका थिए । यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनी साँपको काँचुली तानिरहेको देखिन्छन् । साँपले पनि चुपचाप यस्तो गर्न दिइरहेको छ । बेला बेलामा जिब्रो भने बाहिर निकालिरहेको छ । यसैबिच ती पुरुष (परिचय नखुलेको)ले साँपको टाउकोमा चुम्छन् । तर पनि साँपले कुनै प्रतिक्रिया दिँदैन ।
भिडियोलाई सामाजिक सञ्जाल इन्ष्टाग्राममा दरियलटार्जन नाम गरेको एकाउन्टबाट शेयर गरिएको छ । यो भिडियोलाई ७ करोड ८८ लाख पटक हेरिसकिएको छ । भिडियोमा २० लाखभन्दा धेरै वटा लाइक आएको छ । भिडियोमा कमेन्ट गर्दै केही युजरले भने देख्न राम्रो लागेपछि खतरनाक बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँसहित देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
-
आठ हजार मेट्रिकटन मल बिक्री
-
चेक बाउन्स प्रकरणबारे आशिका : पीडित पक्ष म नै हुँ
-
नेपाल–स्पेन व्यापार र लगानी सुदृढ बनाउन दुई चेम्बरबिच समझदारीको तयारी
-
झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
-
दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण