संघीयताले पूर्णता नपाएका कारण प्रश्न उठिरहेको छ : मन्त्री भण्डारी

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता तथा श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले संघीयताले पूर्णता नपाएका कारण प्रश्न उठिरहेको बताएका छन् । सोमवार मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको अन्तरक्रियामा बोल्दै मन्त्री भण्डारीले संघीयताले पूर्णता नपाएका कारण यसप्रति प्रश्न उठेको बताएका हुन् ।
उनले प्रदेशले अधिकार नपाउँदा प्रदेशको औचित्यतामाथि नै पनि प्रश्न उठेको बताए । ‘बारम्बार म सुन्छु यो संविधानको रक्षाको दायित्वको कुरा उठेको छ । रक्षा होइन । यो संविधानको सफल कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो हो’ उनले भने, ‘यो संविधानको सफलतापूर्वक कार्यान्वयन गरेको अवस्थामा अनि यो मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता र यो संविधानले लक्षित गरेका कुराहरु हामी हासिल गर्नसक्छौँ । अनि जनताको पक्षमा हामी काम गर्न सक्छौँ ।’
अधिकार नपाउँदा प्रदेशहरुले काम गर्न समेत नसकेको उनको भनाई छ । उनले संविधानलाई पूर्णता दिँदै यसको सफल कार्यान्वयन गर्नमा जोड दिनुपर्ने बताए । ‘यो संविधानलाई पूर्णता प्रदान गर्दै संविधानको सफल कार्यान्वयनलाई अगाडी बढाउने कुरामा हामीले जोड दिनुपर्दछ । संघीयतामाथि किन प्रश्न उठिरहेको छ ? प्रदेशको औचित्यतामाथि प्रश्न किन उठिराखेको छ ? किनभने संघीयताले पूर्णता पाएको छैन । प्रदेशले आफुले पाउने अधिकार पाइराखेको छैन’ उनले भने ।
उनले युवाहरुको विदेश पलायन रोक्न नेपालमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले नेपालमा केही हुँदैन भन्ने भाष्यको अन्त्य गर्दै केही हुन्छ भन्ने भाष्य बनाउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाका मार्टिनेज भन्छन्, ‘उनले मेरो कानमा आएर खुसीयाली मनाए तर, मैले थुकेको हाेइन’
-
‘राज्यसत्तासम्म दलितको पहुँच पुगेन, उनीहरूलाई जे गरे पनि हुन्छ भन्ने सोच छ’
-
रेबिज लागेर एक जनाको मृत्यु
-
‘मानिसहरूमा मानवता हराएजस्तो देखियो’
-
बेन्जेमाको अल–ईत्तिहादले रोनाल्डोको अल–नासरलाई हरायो
-
म्याद थपपछि त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणको काम धमाधम (तस्बिरहरू)