संघीयताले पूर्णता नपाएका कारण प्रश्न उठिरहेको छ : मन्त्री भण्डारी
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता तथा श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले संघीयताले पूर्णता नपाएका कारण प्रश्न उठिरहेको बताएका छन् । सोमवार मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको अन्तरक्रियामा बोल्दै मन्त्री भण्डारीले संघीयताले पूर्णता नपाएका कारण यसप्रति प्रश्न उठेको बताएका हुन् ।
उनले प्रदेशले अधिकार नपाउँदा प्रदेशको औचित्यतामाथि नै पनि प्रश्न उठेको बताए । ‘बारम्बार म सुन्छु यो संविधानको रक्षाको दायित्वको कुरा उठेको छ । रक्षा होइन । यो संविधानको सफल कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो हो’ उनले भने, ‘यो संविधानको सफलतापूर्वक कार्यान्वयन गरेको अवस्थामा अनि यो मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता र यो संविधानले लक्षित गरेका कुराहरु हामी हासिल गर्नसक्छौँ । अनि जनताको पक्षमा हामी काम गर्न सक्छौँ ।’
अधिकार नपाउँदा प्रदेशहरुले काम गर्न समेत नसकेको उनको भनाई छ । उनले संविधानलाई पूर्णता दिँदै यसको सफल कार्यान्वयन गर्नमा जोड दिनुपर्ने बताए । ‘यो संविधानलाई पूर्णता प्रदान गर्दै संविधानको सफल कार्यान्वयनलाई अगाडी बढाउने कुरामा हामीले जोड दिनुपर्दछ । संघीयतामाथि किन प्रश्न उठिरहेको छ ? प्रदेशको औचित्यतामाथि प्रश्न किन उठिराखेको छ ? किनभने संघीयताले पूर्णता पाएको छैन । प्रदेशले आफुले पाउने अधिकार पाइराखेको छैन’ उनले भने ।
उनले युवाहरुको विदेश पलायन रोक्न नेपालमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले नेपालमा केही हुँदैन भन्ने भाष्यको अन्त्य गर्दै केही हुन्छ भन्ने भाष्य बनाउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण