बेसहारा नागरिकलाई राज्यस्तरबाट संरक्षण हुनुपर्छ : उपसभामुख राना
काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले बेसहारा नागरिकलाई राज्यस्तरबाट संरक्षण हुनुपर्नेमा जोड दिएकी छन् ।
सडक आश्रित मानवरहित नेपालको लक्ष्यसहित सुनसरीको इटहरीबाट सञ्चालित ‘माया घर, नेपाल’ को राष्ट्रिय अभियानको थालनी गर्न आज काठमाडौँमा आयोजित मानवता प्रवर्द्धन विषयक कार्यशालामा उपसभामुख रानाले सामाजिक क्षेत्रबाट बेसहारा नागरिकका लागि हुँदै आएको सहयोगको प्रशंसा गरिन् ।
उनले स्थानीय तहको सहकार्यमा सडकआश्रित मानवको सहारामा कार्य गर्ने संस्थाका लागि भवन बन्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा वरिष्ठ हास्य कलाकार मनोज गजुरेलले मानवता नै धर्म भएकाले विभिन्न बाध्यताले सडकमा जीवन बिताउन विवशहरूका लागि सहयोग गर्नु सरकार र हरेक नागरिकको कर्तव्य भएको बताए ।
‘माया घर नेपाल’ अध्यक्ष सुभद्रा प्याकुरेलले बेसहारा नागरिकलाई संरक्षणका साथै सीप सिकाएर उनीहरुको पुनः जीवन र परिवारमा पुनः मिलनका लागि आफूहरूले विगत सात वर्षदेखि कार्य गर्दै आएको जनाइन् । सो संस्थामा हालसम्म ६२ जिल्लाका आठ हजार बढीले सेवा लिइसकेका छन् भने हाल एक सय ४२ जना आश्रित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण