शैक्षिक उन्नयनका लागि बीस लाखको अक्षयकोष
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकामा रहेको विद्यालयमा एक दम्पतीले रु २० लाखको अक्षयकोष स्थापना गरेका छन् । देवचुली–७ रामबासका तीर्थराज न्यौपाने र भवानी न्यौपानेले स्थानीय भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयमा ‘शर्मिला न्यौपाने (गुलाटी) स्मृति अक्षयकोष’ स्थापना गरेका हुन् ।
न्यौपाने दम्पतीले आफ्नी स्वर्गीय छोरी शर्मिला न्यौपानेको स्मृतिमा रु २० लाख पाँच सय ५५ को अक्षयकोष स्थापना गरी सोमबार विद्यालयलाई हस्तान्तरण गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूमिलाल लामिछाने र प्रधानाध्यापक अग्निधर भुसाललाई न्यौपाने दम्पतीले संयुक्तरूपमा उक्त रकमको चेक प्रदान गरे । गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनका लागि सहयोग पुर्याउने उद्देश्यले अक्षयकोष स्थापना गरेर रकम हस्तान्तरण गरेको न्यौपाने दम्पतीले बताए ।
आर्थिक अभावमा बालबालिका शिक्षाको ज्योतिबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कोष स्थापना गरिएको भन्दै उनीहरूले कोषलाई सहीरूपमा प्रयोग गर्न विद्यालय परिवारलाई आग्रह गरे । अक्षयकोष स्थापनार्थ रकम हस्तान्तरण एवं दाता सम्मान कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य रोशनबहादुर गाहाले विपन्न तथा गरिब विद्यार्थीको पढाइमा अक्षयकोषबाट भरथेग हुने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण