इजरायल ‘गाजा नरसंहार’ को आरोपमा संयुक्त राष्ट्रसंघीय अदालतमा उपस्थित हुने
जेरुसेलम । इजरायलले गाजामा नरसंहार गरेको आरोपमा दक्षिण अफ्रिकाले इजरायलका विरुद्ध संयुक्त राष्ट्रसंघीय अदालतमा मुद्दा दायर गरेको छ । मुद्दाको सुनुवाइमा नेदरल्याण्ड्सँगको हेग स्थित संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय अदालत (आईसीजे) मा उपस्थित हुने निर्णय गरेको इजरायली सञ्चारमाध्यामहरुले सोमबार उल्लेख गरेका छन् ।
इजरायलले नरसंहार विरुद्धको महासन्धिमा हस्ताक्षर गरेको स्वीकार गर्दै इजरायली राष्ट्रिय सुरक्षा सल्लाहकार हानेग्बीले कार्यवाहीको बहिष्कार नगर्ने, तर उपस्थित भई आफू विरुद्धको षड्यन्त्रलाई अस्वीकार गर्ने बताउनुभएको सञ्चारमाध्यामले उल्लेख गरेका छन् । प्रतिवेदनका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नेतृत्वमा वरिष्ठ अधिकारी बीचको छलफल अघि नै यो निर्णय लिइएको हो ।
शुक्रबार दायर गरिएको मुद्दामा “गाजा स्ट्रिपमा प्यालेस्टिनीको नरसंहारको रोकथाम तथा सजायको महासन्धि अन्तर्गतको दायित्वको इजरायलले उल्लङ्घन गरेको अन्तरराष्ट्रिय अदालत (आईसीजे) ले जनाएको छ । दक्षिण अफ्रिकाले संयुक्त राष्ट्रसंघीय अदालतलाई “नरसंहार महासन्धि अन्तर्गत प्यालेस्टिनी जनताको अधिकारलाई गम्भीरताका साथ लिई थप क्षतिबाट जोगाउन प्रभावकारी उपाय अवलम्बन गर्न आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखले ध्यानाकर्षण गराएको नियमावलीको नियम २१ (ख) मा के छ ?
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण