स्वास्थ्य मन्त्रालयले भन्यो–भिडभाड हुने स्थानमा जनस्वास्थ्यका मापदण्डहरु पूरा गर्नू
मङ्गलबार, १७ पुस २०८०, २० : १३

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिडभाड हुने स्थानहरुमा जनस्वास्थ्यका मापदण्डहरु पूरा गर्न आग्रह गरेको छ ।
मंगलबार मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै मेला, भोज, पार्टी आदिमा मास्कको प्रयोग गर्न र भौतिक दुरी कायम राख्न आग्रह गरेका हुन् ।
मन्त्रालयले भिडभाडमा मास्कको प्रयोग, भौतिक दुरी कायम राख्नुका साथै हातको सरसफाइमा समेत विशेषतः ध्यान दिन अनुरोध गरेको छ ।
मन्त्रालयले कोभिड–१९ को नयाँ संक्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरु, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरु तथा सम्पूर्ण सरोकारवालाहरुमार्फत आवश्यक निगरानी भइरहेको जानकारी दिएको छ । यस्तै कोभिड–१९ को व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको मन्त्रालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन देशको मुद्राको मूल्य कति ?
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी