अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्ट : तीनसय १३ रनमा समेटियो पाकिस्तान
काठमाडौँ । अस्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटको पहिलो दिन बुधबार भ्रमणकारी टोली पाकिस्तान आफ्नो पहिलो पालीमा तीनसय १३ रनमा समेटिएको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको पाकिस्तानी टोली ७७.१ ओभरमात्र क्रिजमा टिक्न सक्यो ।
सिड्नी क्रिकेट मैदानमा खेलिएको खेलमा पाकिस्तानका लागि तीन ब्याट्सम्यानले अर्धसतक बनाए । माथिल्ला ब्याट्सम्यानलाई सस्तैमा गुमाएको पाकिस्तानका लागि मोहम्मद रिजवानले ८८ रनको योगदान गरे ।
छैटौँ नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर रिजवानले एक सय तीन बलको सामना गरी दुई छक्का र १० चौका पनि हिर्काए । सातौँ नम्बरका ब्याट्सम्यान आघा सलमानले पनि टोलीको खातामा ५३ रन थपे । उनले ६७ बलमा आठ चौका प्रहार गरे ।
आमेर जमालले टोलीको खातामा ८२ रन थपे । नवौँ नम्बरमा क्रिज समाल्न आएका जमालले आक्रामक पाली खेल्दै केवल ९७ बलमा चार छक्का र नौ चौका हिर्काएका थिए । पाकिस्तानका दुबै ओपनर ब्याट्सम्यान अब्दुल्लाह सफिक र साइम अयुब शून्य रनमै पेभेलियन फर्किएका थिए ।
तेस्रो नम्बरका ब्याट्सम्यान सान मसुदले ३५ रन बनाए । उनी टोलीका कप्तान पनि हुन् । अनुभवी ब्याट्सम्यान बाबर आजम पनि २६ रनभन्दा अगाडि बढ्न सकेनन् । साजिद खान भने १५ रनमा आउट भए । पाकिस्तानले अतिरिक्त रुपमा केवल दुई रन पायो ।
अस्ट्रेलियन टोलीका बलर प्याट कमिन्स एक्लैले पाँच विकेट लिए । उनले १८ ओभरमा एक मेडन राख्दै ६१ रन खर्चिएका थिए । मिचेल स्टार्कले पनि दुई विकेट हात पारे । उनले १६ ओभरमा दुई मेडन राख्दै ७५ रन खर्चिएका थिए ।
जोस हेजलउड, नाथन लियोन र मिचेल मार्सले पनि एक–एक विकेट लिए । यसअघि खेलिएको पहिलो र दोस्रो टेस्टमा घरेलु टोली अस्ट्रेलिया विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण