प्रधानमन्त्री कपको फाइनलमा अप्सरी बेगमको ह्याट्रिक
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा कोशी प्रदेशकी बलर अप्सरी बेगमले ह्याट्रिक विकेट लिएकी छन् । उनी खेलको २०औँ ओभरको बलिङ गर्न आएकी थिइन् ।
अप्सरीले २० औँ ओभरको पहिलो बलमा एपीएफ क्लबकी अनुभवी ब्याट्र इन्दू बर्मालाई पेभेलियन फर्काइन् । उनले इन्दूलाई नमिता श्रेष्ठद्वारा क्याच गराएकी थिइन् । क्रिजमा जमिसकेकी इन्दू ५३ रन बनाउँदै आउट भएकी हुन् ।
त्यसपछि अप्सरीले २० औँ ओभरको दोस्रो बलमा एपीएफकी अर्की अनुभवी खेलाडी नेरी थापाको विकेट लिइन् । उनले नेरीलाई खाता खोल्नुअघि नै विकेटकिपर काजल श्रेष्ठद्वारा स्टम्पिङ गराएकी थिइन् । अप्सरीले २०औँ ओभरको तेस्रो बलमा सोनु खड्कालाई आउट गराइन् ।
उनले सोनुलाई पनि खाता खोल्नुअघि नै बोल्ड गरेकी थिइन् । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कपको फाइनलमा पहिले ब्याटिङ गरेको एपीएफ क्लबले कोशी प्रदेशलाई जितका लागि एक सय १५ रनको लक्ष्य दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण