११ महिनामा आन्तरिकतर्फ ७७ लाख यात्रुले गरे हवाई यात्रा, ३० अन्तर्राष्ट्रिय विमान कम्पनीबाट नेपालमा उडान
काठमाडौँ । ११ महिनाको अवधिमा आन्तरिक उडानतर्फ ७७ लाख भन्दा बढी यात्रुले हवाई यात्रा गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २०२३ को नोभेम्बरसम्ममा आन्तरिकतर्फ ७७ लाख ९४ हजार २१७ यात्रुले हवाई यात्रा गरेका हुन् ।
आन्तरिक उडान तर्फ सन् २०२२ को नोभेम्बरसम्म कुल ५६ लाख ६८ हजार ९४१ हवाई यात्रुहरुले यात्रा गरेकोमा सन् २०२३ को नोभेम्बरसम्ममा सो सङ्ख्या बढेर ७७ लाख ९४ हजार २१७ पुगेको हो । जस अनुसार गत वर्षको सोही अवधिको तुलनामा यात्रु सङ्ख्यामा करिब ३७.४८ प्रतिशतले वृद्धि भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।
यस्तै सन्२०२२ को नोभेम्बरसम्ममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल मार्फत आवागमन गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्या २९ लाख ४५ हजार ५४० रहेकोमा सन् २०२३ को नोभेम्बरसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल मार्फत आवागमन गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्या कुल ४१ लाख ५४ हजार ३९३ रहेको छ । जस अनुसार गत वर्षको सोही अवधिको तुलनामा यात्रुको सङ्ख्यामा ४१.०४ प्रतिशतले वृद्धि भएको प्राधिकरणले जनाएको छ ।
यस्तै नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीको सङ्ख्या सन्२०२२ मा २९ रहेकोमा हाल आएर ३० पुगेको छ । जसबाट नेपालबाट १६ देशका ३३ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान भइरहेको छ भने आन्तरिक तर्फ सञ्चालन अनुमति प्राप्त जम्मा २१ वटा वायु सेवा मध्ये हाल क्रियाशील वायुसेवा कम्पनीहरूको सङ्ख्या १९ रहेको छ । जस बाट कुल ५५ बटा विमानस्थल मध्ये ३५ बटा विमानस्थलहरू आन्तरिक हवाई सेवा सञ्जालमा जोडिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण