मुक्तिनाथ विकास बैंक वार्षिकोत्सवको अवसरमा आकर्षक योजना सार्वजनिक
काठमाडौँ । मुक्तिनाथ विकास बैंकले वार्षिकोत्सवको अवसरमा आफ्नो ग्राहकहरुलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न विभिन्न योजना सार्वजनिक गरेको छ । पहिलो योजना अनुसार बैंकले टपअप मा टपअप धमाका सार्वजनिक गरेको छ । सो योजनामा बैंकको मोवाईल बैंकिङमार्फत रु २०० वा सो भन्दा बढीको टपअप कारोवार गर्दा दैनिक १८ जना ग्राहकले लक्की–ड्र मार्फत रु २०० को टपअप प्राप्त गर्नेछन् । यो योजना पौष १९ गते देखि २५ गते सम्मका लागि रहनेछ ।
दोस्रो योजना अनुसार बिजुली र ईन्टरनेटको बिल भुक्तानी गर्ने ग्राहकलाई लक्षित गरेर अर्को योजना सार्वजनिक गरेको छ । यस योजनामा बैंकको मोवाईल बैंकिङ्ग मार्फत हाल सम्म बिजुली र ईन्टरनेटको बिल भुक्तानी नगरेका ग्राहकहरुले पहिलो पटक बिल भुक्तानी गरेमा नयाँ कारोवार गर्ने ग्राहकले भुक्तानी रकमको ५% वा अधिकतम रु ५० सम्म प्राप्त गर्न सक्नेछन् भने पहिले देखि बिल भुक्तानी गरिरहेका ग्राहकहरुले यस अवधिमा पुनः भुक्तानी गरेमा त्यस ग्राहक मध्ये बिजुलीको बिल अन्तर्गत १ जना र ईन्टरनेट विल अन्तर्गत १ जना ग्राहकले लक्की–ड्र मार्फत ५ महिना सम्मको बिल भुक्तानी वा अधिकतम रु ५००० सम्म प्राप्त गर्न सक्नेछन् । यो योजना २०८० पौष १९ गते देखि माघ १९ गते सम्मका लागि हुने बैंकले जनाएको छ ।
तेश्रो योजना अनुसार बैंकको क्यूआर मर्चेन्ट भई कुनै पनि कारोवार क्यूआर मार्फत प्राप्त नगरेको मर्चेन्टहरुले यस अवधिमा एक पटक वा पटक पटक गरी रु ५०० सम्मको कारोवार रकम क्यूआर मार्फत प्राप्त गरेमा वा लिएमा त्यस ग्राहक मध्ये ५ जना ग्राहकले लक्की–ड्र मार्फत स्मार्ट वाच प्राप्त गर्नेछन् । यो योजना २०८० पौष १९ गते देखि माघ १९ गते सम्मका लागि हुने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोबाइलमा लोकप्रिय ‘माइक्रो ड्रामा’ मा चीनको अंकुश: सफ्ट पोर्नोग्राफी प्रदर्शनमा प्रतिबन्ध
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण