इन्जिनियरहरुले आफ्नो गरिमालाई बचाउने कुरामा ध्यान दिन आवश्यक : मन्त्री गुरुङ
काठमाडौँ । सहरी विकासमन्त्री सीता गुरुङले इन्जिनियरहरुलाई आफ्नो पदीय गरिमालाई बचाउने कुरामा ध्यान दिन आग्रह गरेकी छन् ।
देश विकासको गर्विलो आधार र आम मानिसहरुले सम्मानको दृष्टिले हेरेका इन्जिनियरहरुले आफ्नो गरिमालाई बचाउने कुरामा ध्यान दिनुपर्ने मन्त्री गुरुङको भनाई थियो । बुधवारबाट काठमाडौँमा सुरु भएको नेपाल इन्जिनियरिङ एशोसिएशनको १६ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले नेपाली जनताको विकासको तीव्र चाहनालाई सम्बोधन हुनेगरी पूर्वाधार विकासका काममा इन्जिनियरहरु लाग्नुपर्ने आवश्यकता पनि औँल्याइन् ।
मन्त्री गुरुङले पूर्वाधार निर्माणको कामलाई जनमैत्री बनाउनुपर्नेमा पनि इन्जिनियरहरु सचेत हुनुपर्ने बताइन् । उनले पूर्वाधार विकासका कारण जोखिमयुक्त अवस्था आउन नदिनका लागि सम्बन्धित पक्षहरूबिचमा बलियो सहकार्य गरेर अघि बढ्नुपर्ने बताइन् ।
मन्त्री गुरुङले प्रभावकारी हुनेगरी पूर्वाधार निर्माणका लागि डिजाइनको काम गर्ने कुरामा पनि इन्जिनियरहरुलाई सचेत गराइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण