ठगी मुद्दाका थुनुवा जिल्ला अदालतबाट फरार
बुधबार, १८ पुस २०८०, १५ : ५७
काठमाडौँ । काठमाडौँ जिल्ला अदालत परिसरबाट थुनुवा भागेका छन् । ठगी मुद्दामा थुनछेकका लागि अदालतमा उपस्थित गराइएका कमल खड्का फरार भएका हुन् । सिन्धुपाल्चोक घर भएका ३२ वर्षीय खड्काको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
उनलाई प्रहरी वृत्त महाराजगञ्जको टोलीले अदालतमा उपस्थित गराएको हो । प्रहरीले अनुसन्धान पुरा गरेर अदालतमा मुद्दा दायर गरेको थियो । अर्को मुद्दामा कारागारबाट रिहा भएपछि खड्कालाई प्रहरीले अदालतमा उपस्थित गराएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण