सूर्यदर्शन सहकारी ठगी आरोपमा भोटे र अर्याल कारागार चलान
पोखरा । सूर्यदर्शन सहकारी ठगी आरोप लागेका शिवबहादुर गुरुङ उर्फ महेन्द्र भोटे र अर्का भविश्वर अर्याल कारागार चलान भएका छन् ।
बुधबार थुनछेक बहसपछि न्यायाधीश बसन्तजंग थापाको इजलासले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
मंगलबार जिल्ला अदालतमा हाजिर भएका उनीहरुको बुधबार बयान सकिएको हो । प्रहरीले १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेकोमा यसअघि २ जना पक्राउ भएका छन् ।
उपाध्यक्ष कैलाश दर्लामी र कोषाध्यक्ष कुमार रम्तेललाई विभिन्न मितिमा पक्राउ गरिएको थियो । १५ जना अझै फरार छन् । फरारहरुको खोजी भैरहेको डीएसपी विकले बताए ।
उनीहरुले बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ अपचलन गरेको आरोप छ । प्रहरीले १ अर्ब ११ करोड रुपैयाँ दावीसहित सरकारी वकिलको कार्यालयमा मुद्दा बुझाएको थियो । वकिलको कार्यालयले अदालतमा पेस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण