शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

भारतको नाटकीय पतन : शून्य रनमा गुमायो ६ विकेट

बुधबार, १८ पुस २०८०, २१ : २२
बुधबार, १८ पुस २०८०

केपटाउन । भारतको नाटकीय पतनपछि दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । दक्षिण अफ्रिकालाई ५५ रनमा अलआउट गरेको भारत आफै १ सय ५३ रनमा आलआउट हुन पुगेको हो ।

पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले भारतविरुद्ध टेस्ट इतिहासमा सबैभन्दा कम योगफल बनाउँदै मात्र १६.२ ओभरमा अलआउट हुन पुगेको थियो । जवाफी ब्याटिङमा उत्रेको भारत १ सय ५३ रनमा ४ विकेटको क्षतिमा बलियो अवस्था रहेको थियो । तर त्यसपछि बाँकी ६ विकेट भारतले शून्य रनमा गुमाउन पुग्यो ।

३३.१ ओभरमा केएल राहुल ८ रन बनाएर आउट भएपछि भारतले क्रमशः रवीन्द्र जडेजा, जसप्रित बुमराह, विराट कोहली, मोहम्मद सिराज र प्रसिद्ध कृष्णालाई गुमायो । मात्र ३४.५ ओभरमा भारत अलआउट हुन पुग्यो ।

भारतीय इनिङ्सलाई ध्वस्त पार्न कागिसो रबाडा, लुंगी एनगिडी र नान्द्रे बर्गरले ३–३ विकेट लिए । भारतका ६ ब्याट्सम्यान शून्य रनमा आउट हुँदा कोहलीले सर्वाधिक ४६ रन बनाए भने कप्तान रोहित शर्माले ३९ तथा शुभमन गिलले ३६ रनको योगदान दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप