जनकपुरधामबाट अयोध्यास्थित रामदरबारमा कोसेली पठाइँदै
जनकपुरधाम । अयोध्यामा निर्माण राम मन्दिरको प्राणप्रतिष्ठाका लागि जनकपुरधामबाट आज भार (कोसेली) पठाइँदै छ । सीताको माइतीघरबाट रामको दरबारमा पठाइने कोसेलीमा ठेकुवा, भुसुवा, पेरुकिया, खजुरिया फलफूल, पञ्चमेवा, साडी, धोती ,गरगहना, पलङ, टेबुल, कुर्सी, चुल्होजस्ता सामग्री रहने बताइएको छ ।
नेपालका विभिन्न नदीहरूबाट सङ्कलन गरिएको पवित्र जलसहितको कलशलाई अभिषेकका लागि गत साता अयोध्या पठाइएको थियो । जानकी मन्दिर प्राङगनमा कोसेली तयारी अवस्थामा राखिएको बताउँदै जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासले, भार लिएर आज बिहान ८ बजे जनकपुरधामबाट निस्किने कार्यक्रम रहेको बताए ।
बिहान भार लिएर जनकपुरधामको परिक्रमा गर्ने र त्यहाँबाट हुलाकी सडक हुँदै, सम्सी कन्मा, मलंगवा, सिमरौन, कलैया, गढीमाई हुँदै वीरगन्जमा रात्रि बास बस्ने उनले बताए । शुक्रबार रक्सौल बोर्डर हुँदै बेतिया, गोरखपुर हुँदै अयोध्या पुग्ने बताइएको छ ।
शनिबार बिहान ९ बजे भारलाई राम जन्मभूमि ट्रस्टलाई हस्तान्तरण गर्ने र राम मन्दिर दर्शन गर्ने गरी जनकपुरका लागि फर्किने योजना रहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु
-
मुकबाङ भिडियोका लागि ३ वर्षीया छोरीको तौल ३५ केजी पुर्याएपछि...
-
फ्रुटीमा नशालु पदार्थ मिसाएर लुटपाट गर्ने महिला पक्राउ
-
बच्चालाई होइन पहिला आफूलाई सम्हालुन् आमा–बुबा
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण