बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेस, एमाले र माओवादीको बैठक बस्ने तय

बिहीबार, १९ पुस २०८०, ११ : २४
बिहीबार, १९ पुस २०८०

काठमाडौँ । राष्ट्रियसभाको सिट बाँडफाँटका लागि बसेको सत्ता गठबन्धनको बैठक  सकिएको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धन चार दलबिच छलफल भएको हो ।

छलफलमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेता सहभागी थिए । गठबन्धनको बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारसँग एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलको बिफ्रिङ गरेका थिए । एमालेले राष्ट्रियसभामा ६ सिट माग गरेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सुनाएका थिए ।

एमालेलाई समेटेर जाने कुरामा कांग्रेस र माओवादी सकारात्मक देखिएपनि एकीकृत समाजवादी र जसपाको विमति देखिन्छ । यद्यपि आज साँझ कांग्रेस, माओवादी र एमालेबिच राष्ट्रियसभाको सिट बाँडफाँटका विषयमा छलफल गर्न बैठक बस्दै छ । कांग्रेस नेता रमेश लेखकले राष्ट्रियसभा निर्वाचनमा सत्ता र प्रतिपक्ष सहकार्य गरेर जाने परिस्थिति बनेको बताए ।

‘बहुदलीय व्यवस्थामा प्रतिस्पर्धा कै व्यवस्था हो । तर, यो प्रतिस्पर्धासँग सँगै संवाद सहमति र सहकार्य पनि लोकतन्त्रकै  एउटा स्वरुप हो । सत्ता र प्रतिपक्ष संवाद सहमति र सहकार्यका साथ जाने गरी कुरा भइरहेको छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप