शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
नेपाल-भारत सम्झौता

भारतसँग बिजुली किनबेचका लागि दीर्घकालीन सम्झौता सम्पन्न

बिहीबार, १९ पुस २०८०, १२ : १५
बिहीबार, १९ पुस २०८०

काठमाडौँ । नेपाल सरकारले भारतसँग १० हजार मेगावाट बिजुली किनबेचको सम्झौतामा हस्ताक्षर गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बिहीबार मन्त्रालयमा आयोजित सचिवस्तरीय बैठकमा बिजुली किनबेचका लागि दीर्घकालीन सम्झौतामा हस्ताक्षर गरिएको हो । 

ऊर्जा मन्त्रालयका अनुसार सम्झौतामा ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका ऊर्जा सचिव पङ्कज अग्रवालले सम्झौतामा हस्ताक्षर गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट १० वर्षका लागि १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका थिए । 

नेपाल र भारतबिच १० हजार मेगावाट बिजुली किनबेच गर्ने सम्झौताले अन्तिमरुप पाएपछि भने बिजुलीलाई वस्तु जस्तै किनबेच गर्न सकिनेछ । हाल नेपालबाट भारततर्फ साढे ६ सय मेगावाट बिजुली निर्यात हुँदै आइरहेको छ । यो सम्झौता सम्पन्न भएसँगै नेपाललाई बढी हुने सबै बिजुली भारत निर्यात हुनेछ ।

यसबाहेक, जयशंकरको भ्रमणका क्रममा तीन वटा प्रसारणलाईन समेत उद्घाटन हुनेछ । भ्रमणका क्रममा नेपाल र भारतका विदेशमन्त्रीले संयुक्तरुपमा १२३ केभिए क्षमताको कटैया–कुशाहा प्रसारणलाइनको दोस्रो खण्ड उद्घाटन गर्नेछन् । यसबाहेक, १३२ केभीए क्षमताकै रक्सौल–परवानिपुर प्रसारणलाइनको दोस्रो खण्ड र १३२ केभीए क्षमताकै नौतन्या–मैन्हिया प्रसारणलाई समेत उद्घाटन हुने ऊर्जा मन्त्रालयले जानकारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप